शालनाल नकाटीएको नवजात मृत शिशु गाडिएको अवस्थामा फेला - Pahilo Online

शालनाल नकाटीएको नवजात मृत शिशु गाडिएको अवस्थामा फेला

बच्चाको आमा पक्राउ

writer

पथरीशनिश्चरे । मोरङको कानेपोखरी गाउँपालिका–६, स्थीत रमाइलो चोकको एक खेतबारीमा गाडिएको अवस्थामा शालनाल नकाटिएको नवजात शिशु मृत फेला परेको छ । मृत शिशु मंगलबार साँझ ६ बजे मेनुका दवाडीको घरको छेउमा रहेको करेसाबारीमा गाडिएको अवस्थामा स्थानीयले फेला पारेको हो ।

घरपछाडीको करेसाबारीको छेउछाउमा टमटर रोप्ने क्रममा हातले माटो खोस्रदा शिशुको हात तानेपछि आत्तीएर हारगुहार गरेको मेनुका दवाडीले बताइन । शिशुलाई गाडिएको अवस्थामा फेला पारेपछि स्थानीय र प्रहरीलाई खवर गरेका थिए । स्थानीय र इलाका प्रहरी कार्यालयका इस्पेक्टर रामबहादुर ढकालको नेतत्वको टोलीले मुजुल्का उठाई शिशुको शव उठाएको थियो । मृत शिशु छोरी रहेको प्रहरीले बताएका छन् । शिशुलाई आलु रोपेको ठाउँमा हातले सामान्य आधा फुट जति हातैले खनेर छोपछाँप गरेको थियो ।

८ महिनाको शिशुलाई हत्या गरी फ्याकिएको आरोपमा प्रहरीले सोही वडाकी विहिबारे घर भएकी १७ बर्षिय सुस्मिता विकलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीलाई रमाइलो डायाग्नोष्टिक सेन्टरको सहयोगमा पक्राउ गरेको हो । रमाइलो डायाग्नोष्टिक सेन्टरमा आएर एबर्सन गरेर बच्चा फ्याकेको स्थानीयहरुले बताएका छन् । तर प्रहरीको बयान अनुसार सेन्टर संचालक प्रकास धिमालले बुवा, आमा र छोरी नै सोमबार साँझ ७ बजे क्लीनिकमा आएका थिए । उनिहरुले ज्वरो आएको भनेपछि हामीले रगतको ल्याबटेष्ट मात्र गरिएको र ल्याबटेष्टमा सामान्य डेङ्गु भेटिएको बताएका छन् ।

उनले भने ‘ब्लीडिङ भयो भनेका थिए मैले एम्बुलेन्स खोजेर अन्तै लानु भने उनिहरु टोइलेट गए म चोकमा हुर्रा नाच हेर्नु गएका थिए त्यस पछि उनिहरुसँग सम्र्पकै भएन । रमाइलो डायाग्नोष्टिक सेन्टर र मेनुका दवाडीको घर सिमानामा पर्छ । ६ फुटको वालको सिमाना रहेको छ । वाल चै सेन्टरको पछाडीको भाग पर्छ जहाँ वालसँगैजोडिएको सेन्टरको शौचालय छ । वालमा रगतको थोपाहरु रहेको छ ।

आरोपित सुस्मिता विकलाई चेकजाचको लागी विराटनगर स्थीत कोशीअञ्चल अस्पताल लगिएको छ । अहिले सम्म शिशुको बुबा पत्ता नलागेको र उनिलाई अनुसन्धान सुरु गरेको इस्पेक्टर रामबहादुर ढकालले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes