तेह्रथुमको छथर गाउँपालिकामा एक टोल एक उत्पादन कार्यक्रम सुरु - Pahilo Online

तेह्रथुमको छथर गाउँपालिकामा एक टोल एक उत्पादन कार्यक्रम सुरु

writer

तेह्रथुम । छथर गाउँपालिकाभरका किसानलाई उत्पादन र बजारीकरणसँग जोड्न एक टोल एक उत्पादन’ कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाभित्रका सबै किसानसम्म पुग्ने गरी सञ्जाल गठन गरेर गाउँपालिकाले कार्यक्रमको सुरुआत गरेको हो ।

त्यसका लागि चालु आवमा खर्च गर्ने गरी ६० लाख रुपैयाँ बजेट नै व्यवस्था गरिएको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताए । प्रत्येक वडाका प्रत्येक टोलमा हावापानी सुहाउँदो कृषिउपज, पशु र पन्छीपालनका लागि विनियोजित बजेट खर्च गरिने गाउँपालिकाले जनाएको छ ।

कार्यक्रम कार्यान्वयनका लागि माटो परीक्षण, पशुपालनका लागि घाँसको परीक्षण र पन्छी र माछापालनका लागि समेत अध्ययन भैरहेको छ । त्यसका लागि विज्ञसहितको टोलीले टोल बस्तीमै पुगेर अध्ययन गरिरहेको प्रवक्ता नेपालीले जनाए । कुन टोल बस्तीमा कुन कृषिउपज उत्पादन हुन्छ भन्ने विज्ञ समूहले पहिचान गरी  गाउँपालिकासमक्ष सिफारिस गरेका छन् । पशुपालनमा गाई, भैंसी र बाख्रापालनलाई प्राथमिकतामा राखिएको छ । माछा, मौरी, कुखुरा, हाँस, टर्की, कालिजलगायतका पन्छीपालनका लागि समेत प्राथिमिकतामा राखेर अध्ययन गरिएको गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताए ।

अकबरे खुर्सानीलाई गाउँपालिकाको मुख्य मसलाबाली उत्पादनको रूपमा लिइएको छ । कार्यक्रम कार्यान्वयनका लागि गाउँपालिकाकै सक्रियतामा सबै वडा समेटिने गरी १ सय २७ वटा टोल विकास संस्थासमेत गठन गरिएको छ । कार्यक्रम कार्यान्वनको जिम्मा गाउँपालिका मातहत रहेको कृषि र पशु सेवा शाखामार्फत टोल विकास संस्थालाई दिइएको अध्यक्ष लिम्बूले बताए ।

पहिलो वर्ष टोलस्तरमा उत्पादन हुने मुख्यरमुख्य कृषि उत्पादनको प्रवर्द्धनमा समेत किसानलाई सहयोग गरिने गाउँपालिकाले जनाएको छ । ‘कृषि, पशुपालन र पन्छीको उत्पादन र बजारीकरणमा सहयोग गर्न कार्यक्रम लागु गरेको अध्यक्ष लिम्बूले बताए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes