धनजकुटामा ६० हजार भन्दा बढी गाजाका बोटहरु फडानी गरी नष्ट - Pahilo Online

धनजकुटामा ६० हजार भन्दा बढी गाजाका बोटहरु फडानी गरी नष्ट

writer

धनकुटा । धनकुटा जिल्लाको बिभिन्न स्थानहरुमा लगाईएको तथा प्राकृतिक रुपमा आफै उम्रिएको ६० हजार भन्दा बढी गाजाका बोटहरु फडानी गरी नष्ट गरिएको छ । मंगलवार बिहान जिल्ला प्रहरी कार्यालय धनकुटा, दंगा नियन्त्रण प्रहरी गण दुहवी र ईलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरी टोलीले धनकुटाको शहिदभुमी गाउँपालिका १ र ३ को सिरवानी, च्याप्रुङ, सुन्तलावारी, चिच्चे र गुर्दुङको एरिया ईलाकाको करिव ३६ रोपनी जग्गामा अबैध रुपमा लगाईएका तथा प्राकृतिक रुपमा आफै उम्रिएका २२ हजार गाजाका बोट फडानी गरी नष्ट गरेको हो ।

यसैगरी ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले साँगुरीगढी गाउँपालिका ८ को खुडी, बाण्डे, खाम्चुवा, खेरेबोटे, पाखाटोल र खालिङको करिव ५ रोपनी जग्गामा अबैध रुपमा लगाईएका तथा प्राकृतिक रुपमा आफै उम्रिएका ११ हजार ५५० गाजाका बोट फडानी गरी नष्ट गरेको हो । यसैगरी प्रहरी चौकी आँखिसल्लाबाट खटिएको प्रहरी टोलीले शहिदभुमी गाउँपालिका ४ ,५ ,६ र ७ को खोकु, सालबोटे, पाखा, गैरी, आईतवारेका बिभिन्न स्थानहरुमा भएका २६ हजार गाजाका बोट फडानी गरी नष्ट गरेको तथा प्रहरी चौकी त्रिवेणीबाट खटिएको प्रहरी टोलीले शहिदभुमी गाउँपालिका १ को गुर्धुङ, तिनतले र पाङनाङको अन्दाजी १५ रोपनी जग्गामा अबैध रुपमा लगाईएका तथा प्राकृतिक रुपमा आफै उम्रिएका ३५ सय गाजाका बोट फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes