पथरीशनिश्चरे नगरपालिकामा भ्रष्टाचार हुने गरेको खुलासा - Pahilo Online

पथरीशनिश्चरे नगरपालिकामा भ्रष्टाचार हुने गरेको खुलासा

‘असी प्रतिशत पुरुषहरु बेलुका–बेलुका होटल पसेर भ्रष्टाचारको योजना बुन्छन्’

writer

पहिलो अनलाइन

 

पथरी । न्यायिक समिति मार्फत् मोरङ जिल्लामै सबैभन्दा धेरै मुद्दा मिलाएको भनेर चर्चामा आएकी पथरीशनिश्चरे नगरपालिकाकी उप–प्रमुख यमुना विष्ट बाँस्तोला पछिल्ला दिनमा विवादित अभिव्यक्ति र कार्यशैलीका कारण चर्चामा आएकी छिन् ।

एक कार्यक्रममा उप–मेयर बाँस्तोलाले पथरीशनिश्चरे नगरपालिकामा भ्रष्टाचार हुने गरेको खुलाएकी छिन् । त्यसमा नगरका पुरुष जनप्रतिनिधिहरु संलग्न रहेको आरोप लगाएकी छिन् । ‘हजारौं वर्षदेखि एकलौटी पुरुषहरुले चलाउँदै आएको शासन, त्यसमा पनि भ्रष्टाचारै भ्रष्टाचारले जेलिएको छ’– उक्त कार्यक्रममा उप–मेयर बाँस्कोटाले भनिन् ‘यहाँ असी प्रतिशत पुरुष साथीहरु पाँचबजेपछि होटल तिर धाउनु हुन्छ । किनकी उहाँहरुको कुरा त्यहा मिल्छ ।’उनले पुरुष जनप्रतिनिधि र अन्य मिलेर उप–मेयरले बोलेका कुराहरुलाई ‘माइनस’ गर्न बेलुका होटलमा पाटी चल्ने गरेको उनको आरोप छ ।

उनले भनिन् –‘होटलमा बेलुका पाटी चल्दै गर्दा उप–मेयरलाई कता ‘माइनस’ गर्ने, यसले भ्रष्टाचारको खोजी निन्दा गर्छे, यसलाई कसरी माइनस गर्ने भन्ने बारेमा योजना बन्छ ।’उप–मेयरलाई अगाडि बढ्न दिनु हुँदैन भन्ने नियत बोकेर पथरीशनिश्चरे नगरपालिकाका पुरुष जनप्रतिनिधिहरु लागिरहेको उनको भनाई छ । बेलुका–बेलुका होटल पस्ने र नाजायज फाइदाका लागि विभिन्न व्यक्तिहरुको घरमा भोज खान गई योजना मिलाएको उनले आरोप लगाईन् । ‘हामी बेलुका होटलमा पाटी गर्न जाँदैनौं, हामी कसैको घरमा भोज खान जाँदैनौ । हामी नगरपालिका जान्छौं, जहाँ जनताको आवश्यकता छ त्यहाँ पुग्छौं । आएर आफ्नो घरधन्दामा लाग्छौं’– उनले भनिन् ।

उनले आफुलाई दायाँबायाँ छिर्न नआएको र त्यसैका कारण ‘बाइपास’ गरेको बताइन् । हामीलाई बेलुका भएपछि होटलमा पाटी चलाउनु पनि छैन । हामी महिला भ्रष्टाचार गर्नदेखि टाढै हुन्छौं ’– उनले भनिन् । जहाँ भ्रष्टाचार छ त्यहाँ विकास कहिल्यै हुँदैन भन्दै माथिल्लो स्तरका व्यक्तिहरुले मात्रै तल्लोस्तरका व्यक्तिहरुको गाँस, बाँस, कपास काटेर खाइरहेको उनले बताइन् ।

यता पुरुष जनप्रतिनिधिहरु मध्ये केहीले नगरपालिकाको बद्नाम हुने गरी सार्वजनिक कार्यक्रमममा उप–मेयरले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । ‘उप–मेयर होस् या कुनै पनि जनप्रतिनिधिले सार्वजनिक कार्यक्रममा नगरपालिकाको विषयमा र कुनै पनि जनप्रतिनिधिको विषयमा नकारात्मक अभिव्यक्ति दिनु हुँदैन’– एकजना वडाध्यक्षले भनें ‘यदि कोहीबाट गल्ती भएको पाइएमा कार्यापालिकाको बैठकमा राखेर समाधान खोज्नु पर्छ ।’ उप–मेयरले सार्वजनिक कार्यक्रममा आपत्तिजनक अभिव्यक्ति दिएको प्रति उनले विरोध जनाए । ‘उप–मेयरले यसबारेमा कार्यापालिका बैठकमा जवाफ दिनु पर्छ’– उनले भने ‘उहाँबाट चित्त बुझ्दो जवाफ आएन भनें हामी मानहानीको मुद्दा हाल्छौं ।’

संविधानको धारा २१७ ले उप–प्रमुखलाई न्यायिक समितिको संयोजक, राजस्वा परामर्श समितिको संयोजक, योजना तर्जुमा समितिको संयोजक र अनुगमनको संयोजक बनाई काम, कर्तव्य अधिकार तोकिदिएको छ ।

हेर्नोस् भिडियो ‘असी प्रतिशत पुरुषहरु बेलुका–बेलुका होटल पसेर भ्रष्टाचारको योजना बुन्छन् ’ https://www.youtube.com/watch?v=nBRHTQgL2NQ&feature=youtu.be

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes