काबेलीदेखि माझीटारसम्म व्यावसायिक जलयात्रा सञ्चालनमा - Pahilo Online

काबेलीदेखि माझीटारसम्म व्यावसायिक जलयात्रा सञ्चालनमा

writer

Santosh Khaling Rai

ताप्लेजुङ । पाँचथर र ताप्लेजुङलाई जोड्ने काबेलीखोलादेखि लिम्बुनीपुल, पिनासी र नक्कले घाट हुँदै माझीटारसम्मको २५ किलोमिटर दूरीमा व्यावसायिक जलयात्रा सञ्चालनमा आएको छ ।

पाँचथरस्थित तमोर भ्याली ट्राभल्स टुर एन्ड ट्रेकिङले ¥याफ्टिङ सञ्चालन गर्न थालेको हो । गत वर्ष पाँचथरको पिनासीबाट माझीटारसम्म १२ किलोमिटर क्षेत्रमा जलयात्राका लागि अनुमति लिएर काम थालेको उक्त कम्पनीले यो वर्ष सेवा विस्तार गर्दै काबेलीदेखि माझीटारसम्मको जलयात्रा सुरु गरेको हो ।

जलयात्राका लागि नयाँ गन्तव्यका रूपमा लिइएको उक्त क्षेत्रमा आइतबार पहिलो १० जनाको टोलीले सफलतापूर्वक यात्रा पूरा गरेसँगै सोमबारदेखि व्यावसायिक रूपमा जलयात्रा सुरु गराइएको ट्राभल्सका सञ्चालक दीपेन्द्र तुम्बापोले बताए र्। याफ्टिङका लागि सदरमुकाम फिदिमस्थित तमोरभ्याली गेस्टहाउसलाई ‘मिट पोइन्ट’ मानिएको छ । आठ जनाको समूह बनाएर तमोर भ्याली गेस्टहाउसदेखि हिलिहाङ गाउँपालिकास्थित काबेली नदीसम्म लगेर्र याफ्टिङ सुरुवात गराइन्छ ।

२५ किलोमिटर दूरीको ¥याफ्टिङका लागि टिकट बुकिङ गर्नेलाई बिहानको खानासहित दिउँसो र साँझ दुईपटक नास्ताको व्यवस्था संस्थाले गर्ने जनाइएको छ र्। याफ्टिङका लागि प्रतिव्यक्ति ३ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ । दुई वर्षअघि प्रक्रिया सुरु गरी पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयवाट स्वीकृति लिएको ट्राभल्सले २२ लाख रुपैयाँ लगानी गरी १६ फुट लम्बाइका २ वटा बोट खरिद गरेको छ ।

२५ किलोमिटरको जलयात्रा गर्न साढे ३ घण्टा लाग्ने गरेको छ । नेपार्ल याफ्टिङ एसोसिएसनका पूर्वअध्यक्ष गोपाल खरेलका अनुसार तमोर नदीमा ताप्लेजुङको दोभनदेखि सुनसरीको चतरासम्म सन् १९९७ सालमा सर्वे भएको थियो । तमोर नदीमा कहिलेकाहीं विदेशी पर्यटकले जलयात्रा गर्दै आए पनि व्यावसायिक रूपमा सञ्चालनमा ल्याइएको भने यो पहिलो पटक हो ।

अहिलेलाई दुईवटा बोटबाट सुरु गरिएको जलयात्रा केही समयपछि संख्या थप गर्ने तयारी भइरहेको तुम्बापोले जनाए । यस क्षेत्रमा जलयात्रा सुरु भएपछि विराटनगर र धरानसहित तराईका विभिन्न क्षेत्रबाट ताप्लेजुङस्थित विश्वको तेस्रो हिमाल रहेको कञ्चनजंघा बेसक्याम्प र पाथिभरा देवीको दर्शन गर्न आउने तीर्थयात्रीले जलमार्ग हुँदै सप्तकोसीसम्म पुगेर यात्रा छोट्याउन सक्ने जनाइएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes