लागुऔषध गाजा सहित २ जना पक्राउ - Pahilo Online

लागुऔषध गाजा सहित २ जना पक्राउ

writer

Santosh Khaling Rai

झापा । झापाको गौरिगञ्ज गाउँपालिका ३ बाट लागुऔषध गाजा सहित २ जना पक्राउ परेका छन् । गौरिगञ्ज ३ का ५७ बर्षीय देव नारायण महतो र गौरिगञ्ज ४ का ५० बर्षीय बुदलाल राजवंशीले घरबाट नै लागुऔषध गाजाको बेचबिखन गर्ने गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गौरिगञ्जबाट खटिएको प्रहरी टोलीले दुवैजनालाई घरबाट नै पक्राउ गरेको हो ।

पक्राउ परेका महतोको घरबाट प्रहरीले ५ सय ग्राम गाजा र नगद १ हजार ३ सय ५० बरामद गरेको छ भने राजवंशीको घरबाट २ किलो १२५ ग्राम गाजा तथा नगद ६०० बरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका दुवैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes