ओखलढुङ्गामा भरुवा बन्दुक पड्केर एक युवकको मृत्यु - Pahilo Online

ओखलढुङ्गामा भरुवा बन्दुक पड्केर एक युवकको मृत्यु

writer

ओखलढुङगा । ओखलढुङगामा बाँदर लखेट्ने क्रममा मोलुङ गाउँपालिका–३ थुम्कीका १७ बर्षीय लालमान तामाङका भरुवा बन्दुक पड्केर मृत्यु भएको छ ।

सोमवार दिउँसो २ बजेको समयमा स्थानीय थुम्की जंगलमा बाँदर लखेट्ने क्रममा चित्रबहादुर सुनुवारले बोकेको भरुवा बन्दुक पड्कँदा तामाङ घाइते भएका थिए । घाइतेलाई उपचारको लागी काठमाडौँ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो ।

इलाका प्रहरी कार्यालय बरुणेश्वरबाट खटिएको प्रहरी टोलीले घटनामा संग्लग्न रहेका सुनुवारलाई पक्राउ गरेको छ । उक्त घटनामा संग्लग्न अन्य ४ जना फरार रहेकोले खोजी कार्य भइरहेको छ भने घटनास्थलबाट १ थान लोड भएको अवस्थामा र १ थान पड्किएको अवस्थामा रहेको भरुवा बन्दुक समेत बरामद भएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes