५ किलो सुन तस्करीमा संलग्न आरोपमा थप २ पक्राउ - Pahilo Online

५ किलो सुन तस्करीमा संलग्न आरोपमा थप २ पक्राउ

writer

Santosh Khaling Rai

संखुवासभा । खाँदबारीबाट ५ किलोग्राम सुन तस्करीको आरोपमा थप दुईजना पक्राउ परेका छन्। प्रहरीले भोटखोला गाउँपालिका बाट ५ किलोग्राम सुनसहित पक्राउ परेका २६ वर्षीय तोप्चेन भोटे बयानका आधारमा दुईजना पक्राउ गरेको संखुवासभाका प्रहरी निरीक्षक सन्तोश राईले जानकारी दिए।

५ किलो सुन तस्करी गरेको आरोपमा खाँदबारी नगरपालिका–१ का जर्को भोट र भोटखोला गाउँपालिका स्थायी घर भई खाँदबारी बस्ने छ्याङ रिन्जीन भोटेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। प्रहरीले विशेष सुराकीको आधारमा गत असोज २७ गते भोटखोला गाउँपालिका–२ चेपुवाको घट्टेखोलाबाट चीनको किमाथांका नाकाबाट नेपाल ल्याउँदै गरेको अवैध ५ किलो सुनसहित तोप्चेनलाई पक्राउ गरेको थियो। चेपुवा प्रहरीले भोटेको झोला खानतलासी गर्दा झोलामा माथिबाट विस्कुट, छुर्पी, चक्लेट राखेको र त्यसको मुनिबाट गाढा नीलो रंगको पट्याएर राखेको ज्याकेटको गोजीभित्र रातो झोलामा टेपले बाँधेर राखेको अवस्थामा ५ थान टिल सुन फेला परेको थियो।

५ किलो सुन तस्करीमा संम्लग्न भएको आरोप पक्राउ परेको दुई जनालाई काठमाण्डौ पठाइसकेको जनाएको छ। उनीहरुलाई कहिले पक्राउ गरेको भन्ने खुलाउन चाहेको छैन। भोटेको साथबाट बरामद भएको अवैध ५ किलोग्राम सुन नै भएको प्रमाणित राजश्व अनुसन्धान कार्यालय हरिहर भवन ललितपुर गरिसकेको छ। संखुवासभा पहरीले ५ किलो अवैध सुन भोटेलाई यसअघि नै हरिहर भवन ललितपुर पठाइसकेको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes