विराटनगरको कोशी अञ्चल अस्पताल सुधारको लागि जनप्रतिनिधि सहित दलका नेता छलफलमा - Pahilo Online

विराटनगरको कोशी अञ्चल अस्पताल सुधारको लागि जनप्रतिनिधि सहित दलका नेता छलफलमा

writer

Santosh Khaling Rai

मोरङ । विराटनगरमा रहेको कोशी अञ्चर अस्पतालको सुधारको लागि अभियान नै शुरु गरिने भएको छ । कोशी अञ्चल अस्पतालमा सरुवा भएर आएका मेसु गुणराज लोहनीले अस्पतालको सुधारका लागि बिभिन्न कामहरु गर्दै आएकोमा अब दलहरुको पनि साथ र सहयोगको खााँचो औल्याउँदै छलफल गराएका हुन् ।

कोशी अस्पतालको सेवा बिस्तार तथा गुणस्तर सुधारका विषयमा आईतवार सााँझ छलफल भएको छ । छलफलमा प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरे, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, सामाजिक विकास मन्त्रालयका सचिव विरबहादुर राई तथा अस्पतालका मेसु गुणराज लोहनी सम्मिलित बैठकले तत्कालिन सुधार गर्नु पर्ने र दिर्घकालिन रुपमा गर्नुपर्ने कामको सुची बनाएर अघि बढ्नु पर्ने निर्णय भएको छ ।

छलफलमा नेकपाका नेताहरु गुरु बराल, ऋषिकेश पोखरेल, प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव गोपि प्रसाद घिमिरे, स्वास्थ्य कार्यालयका प्रमुख ज्ञानबहादुर बस्नेत, कोशी अस्पतालका तथ्यांक अधिकृत मुकुन्द दाहाल लगायतको समेत सहभागिता रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes