सिन्धुपाल्चोक बस दुर्घटनामा ज्यान गुमाउने १७ जना पुग्यो, सबैको सनाखत - Pahilo Online

सिन्धुपाल्चोक बस दुर्घटनामा ज्यान गुमाउने १७ जना पुग्यो, सबैको सनाखत

writer

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । सो दुर्घटनामा ३ महिने शिशुको समेत ज्यान गएको छ । दोलखाबाट काठमाण्डौका लागि छुटेको बा २ ख ७२४५ नम्बरको बस अरनिको राजमार्ग अन्तरगत सुकुटेबाट सुनकोशी नदीमा खसेको हो । ज्यान गुमाउने १७ जनाकै परिचय खुलेको छ ।

ज्यान गुमाउनेमा दोलखा शैलुुङ ५ का चेतबहादुर बस्नेत, शैलुङ ४ की सलिना तामाङ, दोलखा शैलुङगेश्वरी ३ का शिशन तामाङ र चमेली श्रेष्ठ, शैलुङगेश्वरी ५ का किरण राउत, रत्नकुमारी राउत र रिकेश खड्का, कविता राउत, दोलखा भिमदत्त नगरपालिका ९ की रन्जिता केसी बस्नेत, सिन्धुपाल्चोक त्रिपुरासुन्दरी ४ की सायरानी श्रेष्ठ, शैलुङगेश्री ४ का दियुन लामा, शैलुङगेश्वरी ३ का निर्मला खड्का र निकेश खड्का, काभ्रको रोशि गाउँपालिकाकी सजिना, शैलुङगेश्वरी २ की उरमाया मोक्तान, सानु राउत आले, र चितवन पटीहानीकी पूजा बस्नेतको ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइतेहरुमध्ये २१ जनाको धुलिखेल, बनेपा र काठमाण्डौमा उपचार भइरहेको छ भने २९ जना उपचारपछि घर फर्किएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes