झापामा करेन्ट लागेर मामा भान्जाको मृत्यु - Pahilo Online

झापामा करेन्ट लागेर मामा भान्जाको मृत्यु

writer

झापा । झापाको बुद्धशान्ति गाउँपालिका ४ स्थित नवज्योति सामुदायिक वन समूहको कार्यालय छेउमा माछा मार्ने क्रममा करेन्ट लागेर मामा भान्जाको ज्यान भएको छ । स्थानीय १८ वर्षिय अभिनास राई र भोजपुरबाट पाहुना आएका उनका मामा अन्दाजी ३५ वर्षिय मनिराम राईको माछा मार्ने क्रममा हात्तिलाई लगाएको तारबाट करेन्ट सप्लाई भएर मृत्यु भएको उनका दाई पेरिसकुमार राईले जानकारी दिएका छन् ।

हात्ती प्रभावित क्षेत्र भएकोले स्थनीयहरुले आफ्नो आफ्नो जग्गामा तार लगाएको र सोही तारबाट करेन्ट सप्लाई भएर उनीहरुको मृत्यू भएपनि आफूलाई तार लगाएको विषयमा जानकारी नभएकोे नवज्योति सामुदायिक वन समूहका अध्यक्ष मानबहादुर साँवाले बताए । सोही घटनाको बारेमा अनुसन्धान भईरहेको झापा प्रहरीले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes