सुनसरी । सुनसरीमा तीन वर्षीय बालकको पोखरीमा डुबेर मृत्यु भएको छ । सुनसरीको दुहवी नगरपालिका–९ छातावेली बस्ने लक्ष्मण चौधरीकी ३ वर्षीय छोरा राजन चौधरीको पोखरीमा डुबेर मृत्यु भएको हो ।
घर छेउमै खेल्दा खेल्दै हराएका बालकको खोजतलास गर्ने क्रममा राति १० बजे घरनजिकै रहेको पोखरीमा डुबिरहेको अवस्थामा फेला परेका थिए । उनको तत्काल उद्धार गरी उपचारको लागि बिराट मेडिकल कलेज लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।