प्रदेश राजधानी विराटनगरमा छठ पर्वको रौनक - Pahilo Online

प्रदेश राजधानी विराटनगरमा छठ पर्वको रौनक

writer

विराटनगर । प्रदेश नं १ को राजधानी विराटनगरमा छठपर्वको चहलपहल बढेको पाइएको छ । छठपर्वलाई विशेष बनाउन पूजा गर्ने स्थानमा घाट निर्माण गर्न भक्तालुहरु व्यस्त छन् । विराटनगरमा परापूर्वकालदेखि नै सिङ्गिया नदी र पिछडास्थित नहरमा हजारौँ सङ्ख्यामा भक्तालुहरुले आकर्षक घाट निर्माण गरेर पूजापाठ गर्ने गर्दछन् । सूर्यको आराधना गरी मनाइने यो पर्वले मानव जीवन र प्रकृतिसँग पनि सम्बन्ध राख्दछ ।

पहिलो दिन व्रतालुहरुले नहायखाय गरी छठ पूजाको विधि शुरु गर्छन् । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यको पूजा तथा अघ्र्य चढाउने र चौथो दिन पनि उदाउँदो सूर्यको पूजासँगै अघ्र्य चढाएर समापन गरिने यो पर्वमा नदी, तलाउ तथा पानीको मुहानमा गएर पूजा गर्नुको पनि खास अर्थ रहने गर्दछ ।

छठ पूजाका लागि भक्तालुहरुले चाहिने सामग्री घ्यू, चिनी, नारिवल, उखु, पिठो, बाँसबाट बनेका कनिया, ढकिया खरीद गर्न व्यस्त देखिएका छन् । आज साँझमा भक्तालुहरुले खीर खाएर एकै पटक आइतबार उदाउँदो सूर्यको पूजा गरेर मात्र खाने परम्परा छ । विगतमा मधेशी समुदायले मात्र मान्ने छठ अहिले सबैले मान्ने गरेको स्थानीय युवा दिनेश साहले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes