धरान । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि सत्तारुढ दल नेकपाले धरानको प्रमुखको रूपमा दाबेदार तीन जनाको नाम सिफारिस गरेको छ । नेकपाको उपमहानगर कमिटीले उम्मेदवारको टुंगो लगाउन नसकेपछि प्रमुख पदका ३ जनाको नाम सिफारिस गरेको हो ।
नेकपा धरान कमिटी अध्यक्ष नारायण सुवेदीका अनुसार जिल्ला सदस्य प्रकाश राई, फोक्वाहाङ चोत्लुङ( सुब्बा) र बेनु काफ्लेको नाम सिफारिस गरेको हो । केन्द्रीय कमिटीले तोकेको समय सीमाभित्र तीनजना दाबेदारको नाम पठाएको सुवेदीले बताए । प्रदेश हुँदै केन्द्रीय कमिटीले उम्मेदवारको टुंगो लगाउने छ । सिफारिसमा तीनै जना पार्टीको जिल्ला सदस्य हुन् । प्रकाश क्षेत्र नम्बर १ संयोजक हुन भने फोक्वाहाङ धरान नगर इञ्चार्ज हुन् । फोक्वाहाङ पूर्वमाओवादी हुन् ।
धरानको मेयर पदको नेकपाभित्र केन्द्रीय सदस्य किरण राई, प्रदेश सदस्य विजय राई पनि दाबेदारको रूपमा प्रस्तुत भएका थिए । तर, पछि उनीहरू पछि सरेपछि तीनजनाको नाम सिफारिस भएको हो ।