झापाबाट चोरी गरेको ठुलो परिणामको सुन र चाँदिका गरगहना सहित १ भारतीय पक्राउ - Pahilo Online

झापाबाट चोरी गरेको ठुलो परिणामको सुन र चाँदिका गरगहना सहित १ भारतीय पक्राउ

writer

झापा । भारतको सिलिगुडी घर भएका ४३ बर्षीय रघुबर प्रसाद साहलाई चोरी गरेको ठुलो परिणामको सुन र चाँदीका गरगहना सहित झापाबाट पक्राउ गरिएको छ । झापाको कमल गाउँपालिका ६ स्थाई घर भई हाल विर्तामोड नगरपालिका ५ मा डेरा गरी वस्ने वर्ष ३५ की ललिता सापकोटा, गिता पौडेल र वर्ष ३५ की मधु गुप्ताको घरमा बुधबार दिउँसो कोही नभएको अवस्थामा चोरी भएको भन्ने जानकारी पाए लगत्तै खटिएको ईलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले घटनास्थल आसपासमा रहेको सि.सी.क्यामरा फुटेज हेर्दा चोरी गरेर निस्कीदै गरेको अवस्थामा देखी उक्त क्यामेरामा देखिएका मानिसको खोजतलास गर्ने क्रममा साहलाई बिर्तामोड ५ बाट पक्राउ गरिएको हो ।

पक्राउ परेका साहले प्रयोग गरेको WB 74 AM 2724  नम्बर प्लेटको भारतिय गाडी चेकजाँच गर्ने क्रममा सो गाडीबाट लाखौ मुल्य बराबरको सुन तथा चाँदीका गरगहना, नेपाली रुपैयाँ ३८ हजार र भारतिय रुपैयाँ १३ हजार ७ सय बरामद भएको थियो । बरामद भएको गर गहनाहरु सम्बन्धीत पिडितहरुबाट सनाखत गराएको र समान सहित पक्राउ परेका साहको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes