प्रदेश १ मा चाडपर्व लक्षित सुरक्षा योजना प्रभावकारी, अघिल्लो वर्षभन्दा ठुला आपराधिक घटनामा कमी - Pahilo Online

प्रदेश १ मा चाडपर्व लक्षित सुरक्षा योजना प्रभावकारी, अघिल्लो वर्षभन्दा ठुला आपराधिक घटनामा कमी

writer

बिराटनगर । २०७६ सालको हिन्दु धर्मावलम्वीहरुको दोस्रो ठुलो महानचाड दिपावली १ नम्बर प्रदेशमा शान्तपुर्बक सम्पन्न भएको छ । प्रदेश प्रहरी कार्यालय बिराटनगरले लागु गरेको बिशेष सुरक्षा योजनाको परिणाम स्वरुप कुनै ठुला अपराधको घटना नघटी यस बर्षको दिपावली सम्पन्न भएका हो । चाडपर्वका अवसरमा हुने जुवातास, झै(झगडा, चोरी लुटपाट जस्ता सामाजिक अपराधहरुमा अघिल्लो बर्षको तुलनामा यो बर्ष निकै कमी आएको छ ।

सुनसरीको धरान एरियामा घरेलु हात हतियारहरु देखाई धाक धम्की दिई लुटपाट गर्न खोज्ने वा ज्यान मार्ने धम्की समेत दिने ५ जनालाई हतियार सहित पक्राउ गरिएको छ । त्यस्तै ठुलो रकमको बाजी राखी जुवा तास खेल्ने र खेलाउने ५८ जना जुवाडेलाई नियन्त्रणमा लिइएको थियो । जुवा खालबाट ३० बुक तास, १६ थान कौडा र नगद ८ लाख ४३ हजार ५ सय ८२ रुपैया समेत फेला पारी बरामद गरिएको थियो । चाडपर्व मनाउने नाममा जुवातास खेलेर सामाजिक बिकृती फैलाउने तथा घर परिवार नै बिग्रने, यस्ता कृयाकलापले समाजको वातावरणमा प्रतिकुल असर पर्ने कुरालाई मध्यनजर राखी यसलाई नियन्त्रण गर्नका लागी प्रहरीले यो अभियान अगाडी बढाएको हो। यस्तै दिपावली भरिमा १ लाख १८ हजार बराबरको पटका र पटका ओसार पसारमा संग्लग्न २ जनालाई नियन्त्रणमा लिईएको छ ।

सवारी साधनको ब्यवस्थापन, बिभिन्न स्थानमा सवारी चालक तथा यात्रुहरुलाई सचेतना जगाउने उदेश्यले चेतनामुलक कार्यक्रमहरु संचालन गरिएको थियो । मापसे चेकजाँचका लागी यस प्रदेशमा ट्राफिकको संख्या बढाई चेकीङ कार्यलाई तिब्रता दिईएको थियो तथापी यस बर्षको दिपावाली अवधी भर मादक पदार्थ सेवन, चालकको लापरवाही, तिव्र गति, सडकको दुरावस्था, प्रयाप्त सवारीको अभाव, यात्रुवर्गमा चेतनाको कमी जस्ता विविध कारणवाट १ नम्बर प्रदेश भरिमा बस ७, माईक्रो १, कार जिप १ , ट्याक्टर(१, ट्याम्पो ३, मोटरसाईकल(२६ र साईकल २ वटा गरी जम्मा ४१ साधनहरु दुर्घटनामा परेका थिए । सो दुर्घटनामा ६ जनाले ज्यान गुमाएका छन भने ५३ जना घाईते भएका छन् ।

यसैगरी दिपावली भरीमा प्रदेशका बिभिन्न स्थानहरुमा ११ जनाले झुण्डीएर र ३ जनाले बिषादी सेवन गरेर आत्महत्या गरेका छन् भने झुण्डीएर आत्महत्या गर्ने क्रममा २ जना र बिषादी सेवनबाट १४ जना घाईते भएका छन् भने बिभिन्न स्थानहरुबाट लडेर ४ जनाको मृत्यु भएको छ। मादक पदार्थ सेवन गरी कुटपीट तथा झै झगडा हुँदा १ जनाको मृत्यु भएको छ भने २० जना घाईते भएका छन् । दिपावली गर्ने क्रममा ५ घरमा आगलागी हुदा ४२ लाख बराबरको क्षति भएको छ । यस्तै बिद्युत सर्ट भएर १० घरमा आगलागी भएको र अन्दाजी १ करोड ४५ लाख बराबरको क्षति भएको छ । आगलागीमा परी २ जनाको मृत्यु र ३ जना घाईते भएका छन् । अत्याधिक मादक पदार्थ सेवनका कारण १ जनाको मृत्यु भएको छ । यसै गरी पानीमा डुबेर १ जना बालकको मृत्यु भएको छ। दिपावालीकै समयमा मादक पदार्थ सेवन गरी एक आपसमा झैझगडा भई खुकुरी हानाहान हुँदा ४ जना घाईते भएका छन। यस्तै ४ वटा जबरजस्ती करणीका घटना भएको छ भने नदीले बगाउदा १ जना बेपत्ता भएका छन्।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes