नेपाल भारतबीच खुल्ला सिमानाको कारण लागुऔषध ओसारपसार बढेको मन्त्री पण्डितको भनाई - Pahilo Online

नेपाल भारतबीच खुल्ला सिमानाको कारण लागुऔषध ओसारपसार बढेको मन्त्री पण्डितको भनाई

भारतीय पक्षले नियन्त्रयणको पहल गर्ने आश्वासन

writer

विराटनगर । नेपाल–भारतमैत्री युवा संघ र इन्डो नेपाल मिथिलाञ्चल जागृति मञ्चले बुधबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले खुला सिमानाका कारण नेपालीहरूले लागुऔषधको ओसारपसार र दुव्र्यसनको समस्या झेल्नुपरेको बताएका छन्।

उनले सीमा क्षेत्र व्यवस्थित गर्नुपर्नेमा जोड पनि दिए। नेपाल र भारतबीच रोटीबेटीको सम्बन्ध रहेको चर्चा गर्दै मन्त्री पण्डितले नेपालतर्फबाट आतंकवादी पस्ने भय भारतलाई रहेको पनि बताए। आतंकवादको समस्या समाधानका लागि, दुर्व्यसनी र तस्करी नियन्त्रणका लागि सिमाना व्यवस्थित गर्नुपर्ने पण्डितको भनाइ थियो। नेपाल तथा भारतका मन्त्री, सांसद र विधायकसमेत सहभागी कार्यक्रममा मन्त्री पण्डितले प्रबुद्धवर्गले तयार पारेको इपिजी प्रतिवेदन भारतीय प्रधानमन्त्री मोदीलाई बुझाउन आवश्यक पहल गर्नसमेत भारतीय जनप्रतिनिधिलाई आग्रह गरे। नेपाल भारतबीचको सम्बन्धलाई नयाँस्तरबाट विकसित गर्नुपर्ने आवश्यकता रहेको मन्त्री पण्डितको धारणा थियो।

कार्यक्रममा समाजवादी पार्टीका नेताहरू जयराम यादवले वर्तमान संविधानमा सबैपक्षको हकअधिकार नसमेटिएको गुनासो गरे। प्रत्युत्तरमा जवाफ दिँदै मन्त्री पण्डितले भने आवश्यकताअनुसार संविधान संशोधन हुने आश्वासन दिए। कार्यक्रमका नेपाली कांग्रेस १ नम्बर प्रदेशसभाका प्रमुख सचेतक केदार कार्कीले नेपाल भारत सम्बन्ध उदाहरणीय रहेको चित्रण गर्दै दुवै देशको पहलमा लागुऔषधको कारोबार नियन्त्रण गर्नुपर्नेमा जोड दिए। भारतीय शहर फारबिसगञ्जका विधायक मञ्चन केशरीले नेपाल भारतबीचको खुला सिमाना मित्रताको अभुतपूर्व उदाहरण रहेको बताए। उनले सिमाक्षेत्रमा हुने लागुऔषधको खुला कारोबार तत्काल रोक्न आवश्यक पहल गर्ने आश्वासनसमेत दिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes