धरानमा उपनिर्वाचनका लागी नेकपाको उम्मेद्वार चयनका लागी डाकेको बैठक नबसी स्थगित - Pahilo Online

धरानमा उपनिर्वाचनका लागी नेकपाको उम्मेद्वार चयनका लागी डाकेको बैठक नबसी स्थगित

writer

धरान । धरान उपमहानगरपालिकाको रिक्त मेयर पदमा मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेकपाले उम्मेद्वार चयनका लागि नेकपा नगरकमिटी सचिवालयको बुधबार दिउँसो डाकिएको सचिवालय बैठक बस्दै नबसी स्थगित भएको छ। सचिवालय बैठकले एकल सिफारिस हुनेगरि निर्णय गर्ने भनिएको थियो। अन्य सबै दलले उम्मेद्वारको टुङ्गो लगाउँदा सत्तारुढ नेकपा अझै अनिर्णित भएको हो।

नेकपाको केन्द्रीय कमिटीले कात्तिक १० भित्र उम्मेद्वारको नाम सिफारिस गर्न भनेको छ। तर आकांक्षीहरु धेरै भएकाले धरानमा टुंगो लाग्न नसकेको हो। ’एकजनालाई सर्वसम्मत गराउने तयारी छ,’ नेकपा धरानका अध्यक्ष नारायण सुवेदीले भने, ’सचिवालयले टुङ्ग्याए पनि पुरा कमिटीबाट अनुमोदन गराउनु पर्ने भएकाले अहिलेलाई स्थगित भएको हो।

’ धरानको मेयरका आकांक्षीमा नगर अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म झण्डै १२ जना छन्। केन्द्रीय सदस्य किरण राई, प्रदेश सदस्य विजय राई, रमेश बस्नेत, मनोजकुमार मेयाङ्म्बो, मुकेश मेयाङ्म्बो, आइन्द्रविक्रम बेगा, जिल्ला सदस्यहरु प्रकाश राई, पदम इस्बो (लिम्बू), तीर्थ मास्के, चोत्लुङ, अशोक राई, नगर अध्यक्ष नारायण सुवेदी र मजदुर नेता मोतिराज सुनुवार आकांक्षी देखिएका छन्। धरान उपमहानगरमा मेयर र वाड नं. ७ को अध्यक्षका लागि निर्वाचन हुँदैछ। वडाअध्यक्ष भुवन मुक्तान र मेयर तारा सुब्वाको गत वर्ष निधन भएपछि दुवै पद खाली भएको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes