खोटाङबाट धरान आउदै गरेको बस दुर्घटना हुदाँ १४ यात्रु घाइते २ को अबस्था गम्भिर - Pahilo Online

खोटाङबाट धरान आउदै गरेको बस दुर्घटना हुदाँ १४ यात्रु घाइते २ को अबस्था गम्भिर

writer

खोटाङ । सदरमुकाम दिक्तेलबाट धरानतर्फ आउदै गरेको एउटा यात्रुवाहक बस बुधबार बिहान आज दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। को १ ख ६३२० नम्बरको यात्रुबस खोटाङको हलेसी–तुवाचुङ नगरपालिका–१० बिजुलेस्थित कामीडाँडामा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घाइतेहरुलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल खोटाङ लगिएको छ। यो बसमा चालकसहित १५ जना सवार थिए।

दुर्घटनापछि बस चालक भने फरार रहेकाले खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरु १. सुरेश विक २. अमृत भुजेल ३. मनकुमार राई ४. आकाश राई ५. मिलन आचार्य ६. कल्पना आचार्य ७. प्रताप रिजाल ८. प्रकाश रिजाल ९. सुमन आचार्य १०. मनिसा बिक ११. मन्दिप बिक १२. समीक्षा बिक १३. खामबबहादुर बिक १४. योगेन्द्र आचार्य रहेका छन् । थप जानकारी आउन बाकि रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles