नेपाली आरोही निर्मल पुर्जाको विश्व रेकर्ड कायम ७ महिनामा संसारका अग्ला १४ हिमाल आरोहण - Pahilo Online

नेपाली आरोही निर्मल पुर्जाको विश्व रेकर्ड कायम ७ महिनामा संसारका अग्ला १४ हिमाल आरोहण

writer

नेपाली आरोही निर्मल पुर्जाले ७ महिनामा ८ हजार मिटरभन्दा अग्ला सबै हिमाल चढेर विश्व कीर्तिमान कायम गरेका छन् । ब्रिटिस सेनामा काम गरिसकेका निर्मल पुर्जाले मंगलबार बिहान शीशापाङ्मा हिमालको सपल आरोहणसहित यो कीर्तिमान राखेका हुन् । यसअघि यो कीर्तिमान पोल्याण्डका आरोही जेर्जी कुकुज्जाको नाममा थियो । उनले झण्डै ८ वर्ष लगाएर सन् १९८७ मा यो कीर्तिमान कायम गरेका थिए ।

सन् २००३ मा ब्रिटिस सेनामा आवद्ध भएका ३६ वर्षीय निर्मल पुर्जालाई सन् २०१८ मा बेलायती महारानी एलिजाबेथले अर्डर अफ् द ब्रिटिस एम्पायर(एमबीई) अवार्ड प्रदान गरेकी थिइन् । विश्वमा ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल रहेका छन् । उनले गएको अप्रिलबाट आफ्नो यात्रा सुरु गरेका थिए ।

गएको अप्रिल २३ तारिखमा उनले अन्नपूर्ण हिमालको सफल आरोहण गरेका थिए । उनले गएको मेमा नै सगरमाथा आरोहण गरेका थिए । प्रोजेक्ट पोसिबल अभियानअन्तर्गत रहेर सगरमाथा आरोहण गरेका पुर्जाले खिचेको तस्बिरले विश्वको ध्यान तानेको थियो ।

उनले खिचेको ’सगरमाथामा आरोहीहरुको भिड’ भएको तस्बिर निकै चर्चित भएको थियो । त्यही तस्बिरका आधारमा विश्वका धेरै सञ्चार माध्यमले ‘सगरमाथामा ट्राफिक जाम’ भन्दै समाचारसमेत लेखेका थिए । साथै उनले आरोहणकै क्रममा अरु ४ जना आरोहीहरुको पनि उद्धार गरेका थिए ।

गएको सेप्टेम्बरमा नै उनको अभियान तिब्बतमा रहेको शीशापाङ्मा हिमाल आरोहण गर्ने तयारीमा रहेको थियो । तर चीन सरकारले अनुमति नदिँदा केही समय पछाडि सरेको थियो । नेपाल सरकारले चिनियाँ सरकारलाई अनुरोध गरेपछि अक्टोबर १५ मा पुर्जाले ८ हजार १३ मिटर उचाइ रहेको शीशापाङ्मा हिमाल आरोहणको अनुमति पाएका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes