पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नम्बर ३ पौवासारतापमा एक ब्यक्ति मृत अवस्थामा फेला परेका छन् । मृत्यु हुनेमा स्थानिय ४५ वर्षिय भुवानी प्रसाद श्रेष्ठ रहेका छन् । शनिबार देखि घरबाट हराइरहेका उनी हिजो(सोमबार) बिहान स्थानियले तिनतले भिरमा फेला पारेको स्थानिय धनसिंङ नेम्बाङले बताए। उनको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । उनको जिल्ला अस्पताल पाँचथरमा पोष्टमार्टम समेत गरिसकिएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी अनिल पौड्यालले जानकारी दिए।