१ नं प्रदेशको विभिन्न जिल्लामा दिपावली गर्न बालेको दियो र मैनबत्ती बाट आगो सल्किदा एक बालकको मृत्यु, ४४ लाख बराबरको क्षति - Pahilo Online

१ नं प्रदेशको विभिन्न जिल्लामा दिपावली गर्न बालेको दियो र मैनबत्ती बाट आगो सल्किदा एक बालकको मृत्यु, ४४ लाख बराबरको क्षति

writer

मोरङ । मोरङको पथरीशनिश्चरेमा आगलागी हुँदा जलेर बालकको मृत्यु भएको छ। मोरङको पथरीशनिश्चरे नगरपालिका ५ कोठेबारीमा आईतवार राती स्थानीय युवराज गिरीको घरमा आगलागी हुँदा आगोमा जलेर एक बालकको मृत्यु भएको हो । गिरीको घरमा साँझ दिपावली गर्न बालेको दियोबाट राती साढे १० बजे अचानक घरमा आगो सल्किदा घर भित्र सुतिरहेका गिरीको ४ बर्षीय छोरा युसन गिरीको आगोमा जलेर घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

आगलागीबाट गिरीको एक तले घर सहित ३, ३ तोला सुन र चाँदीको गहना, अन्दाजी नगद रु. ९५ हजार सहित घर भित्र रहेको सम्पूर्ण सरसामान जलेर नष्ट हुँदा अन्दाजी १२ लाख मूल्य बराबरको क्षति भएको छ ।

सोलुखुम्बु
सोलुखुम्बुको नेचासल्यान गाउँपालिका २ कुमाल गाउँमा रुपा नेवारको घरमा आईतवार राती लक्ष्मीपुजा गर्ने क्रममा राती पौने ८ बजे आगलागी हुँदा नगद १ लाख ५० हजार, ५ तोला सुन, १० तोला चाँदी लगायत सम्पूर्ण सामान जलेर नष्ट हुँदा अन्दाजी ६ लाख मूल्य बराबरको क्षति भएको हो । उक्त आगलागी प्रहरी र स्थानीयको सहयोगमा राती साढे ९ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

मोरङ
मोरङको केरावारी गाउँपालिका ८ आमजुङे बस्ने उमेश बस्नेतको घरमा राती ९ बजे घरमा बालेको मैनबत्तीबाट आगलागी हुँदा २ तले घर सहित साढे ४ तोला सुनका गहना, नगद रु. ४५ हजार र ग्वाली समेत जल्दा अन्दाजी २१ लाख मूल्य बराबरको क्षति भएको हो । उक्त आगलागी दमकल, इलाका प्रहरी कार्यालय बेलबारी,केरावारीर स्थानीयवासीको राती साढे ९ बजे नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय केरावारीले जनाएको छ ।

ताप्लेजुङ
ताप्लेजुङको सिरिजंगागाउँपालिका २ खम्दिम्बे बस्ने रमेश भट्टराईको घरमा आईतवार साँझ दिपावली गर्ने क्रममा किराना पसलमा बालेको मैनबत्तीबाट आगलागी हुँदा अन्दाजी ८ लाख मुल्य बराबरको क्षति भएको छ । राती ८ बजे भएको उक्त आगलागीबाट दिपावली गर्न राखेको नगद ३ लाख, किराना पसलमा रहेको किराना सामान, फर्निचर लगायतका अन्दाजी ५ लाख मुल्य बराबरको सामान जलेर नष्ट भएको छ । आगो निभाउने क्रममा भट्टराईको दाहिने हात डढेर प्राथमिक उपचार पश्चात अस्पताल पठाईएको छ भने उक्त स्थानमा अस्थाई प्रहरी चौकीखाम्दिम्बेबाट प्रहरी टोली खटि गई स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes