सीमा रक्षाको लागि दृढतापुर्वक सिंगो देश लाग्नुपर्छ–पूर्वप्रधानमन्त्री खनाल - Pahilo Online

सीमा रक्षाको लागि दृढतापुर्वक सिंगो देश लाग्नुपर्छ–पूर्वप्रधानमन्त्री खनाल

writer

 

इलाम । पूर्वप्रधानमन्त्री एवम नेकपाका वरिष्ठ नेता झलनाथ खनालले सीमा क्षेत्र रक्षाको निम्ती दृढतापुर्वक सिंगो देश लाग्नुपर्ने बताएका छन्। उनले नेपाल भारत सन्धिअनुसार पाएको भु–भागको रक्षाका निम्ती सवै नेपाली एकजुट हुनुपर्नेमा जोड दिए। भ्रमण बर्ष २०२० को प्रचारका निम्ती संयुक्त अरव इमिरेटस र साउदी अरेबियाका राजदूतसहित सन्दकपुर पुगेका खनालले भने ‘सन १९५० को सन्धी अनुसार पाएको त्यो भुमी हाम्रो हो। त्यसका निम्ती सिंगो देश खडा हुनुपर्छ।’ उनले दुवै देशले सम्झौतालाई आधार मान्दै स्थायी सिमा निश्चित गर्नुपर्ने बताए। खनालले छिमेकी राष्ट्रसंगको समन्वय र सहकार्य नै समृद्धिको आधार भएको भएको समेत बताए।

खनालले भारतीय पक्षलाई सीमा क्षेत्रको ख्याल नहुँदा नेपाल तर्फ विकास निर्माण समेत अवरोध सृजना भएको बताए। ‘ सीमा क्षेत्रको ख्याल नहुँदा विकास प्रक्रिया समेत रोकिएको छ।’ खनालले भने, ‘विकासका योजनाहरुका लागी मित्र राष्ट्र समेत सहभागी हुन सक्छ।’ पहिलो पटक सन्दकपुर पुगेका नेपालका लागि दुवै देशका राजदुतले पर्यटनका निम्ती नेपाल संभावनायुक्त क्षेत्र भएको बताए। संयुक्त अरव इमिरेटस (युएई) का राजदुत सइद हम्दन अल नकईले हिमालय र प्रकृति सुन्दरताको लागी इलाम अनुपम क्षेत्र भएको बताए। उनले ३ दिनको इलाम बसाईमा सुन्दरताको भरपुर मज्जा लिएको बताए। ‘इलामको सुन्दरताले आर्क्षित गरेको छ।’ नकईले भने ‘ नेपाल भ्रमण वर्ष २०२० का लागि युएईका लागि नागरिकहरुलाई प्रोत्साहन गर्नेछु।’ सन्दकपुरबाट २÷३ वटा देशका हिमाल, सुन्दर बस्ती र फरक संस्कृति एकै ठाँउबाट देख्न पाउँदा खुशी लागेको उनले बताए। त्यसैगरी साउदी अरेवियाका राजदूत मुसैदविन सुलेइमान अल मारवानी ले पहिलो पटक इलाम भ्रमणमा राम्रो सत्कार पाएको बताए। उनले पर्यटन र कृषिको क्षेत्रमा इलाम अग्रणी रहेको भन्दै चर्चा गरेका थिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes