एभरेष्ट आर्टको देउसी भैलोमा बालन र संगीनी सहित सृजनात्मक - Pahilo Online

एभरेष्ट आर्टको देउसी भैलोमा बालन र संगीनी सहित सृजनात्मक

writer

पथरीशनिश्चरे । दिपावलीको अवसरमा मोरङको पथरीशनिश्चरेमा रहेर सृजना क्षेत्रमा पूर्वमै सक्रिय एभरेष्ट आर्ट फ्यूजनको आयोजनामा मौलिक लोपोन्मुख संस्कृति संरक्षणको सन्देश दिँदै बालन र संगीनी सहितको ‘सृजनात्मक देउसी भैलो’ कार्यक्रम सञ्चालन भइरहेको छ ।

हिजो पहिलो दिन वडानम्बर ३ को पिपल चोकबाट सोही वडाको भूवनेश्वर पोखरेलको अगुवाईमा पाभीभरा भजन किर्तन मण्डलीले बालन, खैंजडी र राधिका घिमिरेको अगुवाईमा पिपलचोक संगीनी समूहले संगीनी प्रस्तुत गरेर संस्कृति संरक्षणको सन्देश प्रवाह गरेको छ । त्यहाँ वडा सदस्य देवीप्रसाद घिमिरेको अगुवाईमा देउसी तथा गीत र नृत्य समेत प्रस्तुत गरेर मौलिकता संरक्षणमा थप प्रोत्साहित गरिएको छ ।
त्यहाँको वीरेन्द्रनगर, सुवेदीचोक, १ नम्वरको मन्दिर लाईन र लोकतान्त्रिक चोकमा गीत, नृत्य, बालन, खैंजडी, कविता, गजल, मुक्तक सहितको सृजनात्मक कार्यक्रम प्रस्तुत भएको संस्थाका अध्यक्ष षडानन्द सुवेदी निश्चलले बताए । कार्यक्रममा, भूपेन्द्र तिम्सिना, कृष्णप्रसाद अधिकारी, भूमिप्रसाद पाठक, दिपक दियालो, राजेन्द्र विवश सहितले आफ्ना रचना समेत प्रस्तुत गरे । सो कार्यक्रमको सामुहिक मौलिक नृत्यमा सहभागि भइसकेपछि पथरीशनिश्चरे नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाले यसखाले सृजनात्मक देउसीले मौलिक संस्कृति जोगाउनुका साथै युवाहरुलाई सृजनशील बनाउने विश्वास व्यक्त गरिन् ।


आज वडा नम्वर १ को पथरी बजार, २ को बुद्धचोक, १० को नयाँमंगलबारे सहित नगरका १ दर्जन ठाउँमा कार्यक्रम प्रस्तुत भएको छ । सर्जक भवानीप्रसाद दुलालको संयोजकत्वमा देउसी भैलो आयोजक समिति गठन गरी कार्यक्रम अघि बढाइएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes