सबै मन्त्रीलाई राजीनामा दिन चिलीका राष्ट्रपतिको निर्देशन - Pahilo Online

सबै मन्त्रीलाई राजीनामा दिन चिलीका राष्ट्रपतिको निर्देशन

writer

चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले राजीनामा दिन आफ्नो मन्त्रिमन्डलका सबै मन्त्रीलाई निर्देशन दिएका छन् । आन्दोलनकारीहरुको झन्डै एक हप्ता लामो सडक प्रदर्शनपछि उनले शनिबार आन्दोलनको सम्बोधनस्वरुप मन्त्रीहरुलाई राजीनामा दिन लगाएका हुन् ।

‘आन्दोलनकारीहरुको मागअनुसार मैले नयाँ मन्त्रिपरिषद् गठन गर्न लागेको छु । त्यसका लागि सबै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको छु’–उनले पत्रकारहरुसँग भनेका छन् ।

राष्ट्रपति कार्यालयमै पत्रकारहरुसँग भएको भेटमा उनले आन्दोलनकारीको आवाज आफूले सुनेको पनि बताए । उनले भने–‘हामी सबै परिवर्तन हुनुपर्छ । हामी सबै वास्तविकतामा आधारित भएर आपत्कालीन समस्याको समाधान जिम्मेवारीपूर्ण ढंगले निकाल्नुपर्दछ ।’

गत शुक्रबार राजधानी सान्टियागोमा दशौं लाखजनाले राष्ट्रपतिको राजीनामाको माग गर्दै सडक प्रदर्शन गरेका थिए । उनीहरुले शिक्षा र स्वास्थ्य सेवा गुणस्तरीय बनाउनुपर्ने, आधारभूत अन्य सेवाहरु सस्तो र सर्वसुलभ गराउनुपर्ने, भ्रष्टाचार नियन्त्रण हुनुपर्नेलगायतका माग पनि राखेका छन् ।

अहिले भएको आन्दोलनकाक्रममा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने अरु सयौं घाइते भएका छन् । आन्दोलन चर्कंदै हिंसात्मक हुन थालेपछि राष्ट्रपति सेबास्टियनले सान्टियागो क्षेत्रमा केही दिनअगाडि संकटकालको घोषणा गरेका छन् । उनले आफू आन्दोलनकारीहरुको भावनासँग सहमत रहेको र आन्दोलनकारीसँग वार्तामार्फत् तत्काल समस्याको निकास खोज्न तयार रहेको पनि बताएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes