इनरुवा । सशस्त्र प्रहरी बल ४ नम्वर गण हेडक्वाटर सुनसरीले मोटरसाइकल सहित करिब ४५ हजार मूल्य बराबरको बरामद पटकाजन्य सामग्री भन्सार बुझाएको छ । शसस्त्रले सीमावर्ति भारतीय बजारबाट नेपाल भित्र्याउँदै गरिएको पटका सहित को २३ प ८११९ नम्बरको मोटरसाइकल बरामद गरी भन्सार बुझाएको हो । शसस्त्र प्रहरी नायब उपरीक्षक बालकृष्ण श्रेष्ठका अनुसार मोटरसाइकल सहित १ लाख ९५ हजार भन्सार मूल्यको सामान सेतुबन्ध कार्यालय कोशीब्यारेजमा बुझाइएको छ ।
त्यसैगरी शसस्त्र प्रहरी बल ४ नम्वर गण हेडक्वाटर सुनसरीले विभिन्न नाका तथा बीओपीले चेकजाँचका क्रममा बरामद गरी बुझाएका पटका सहितका विष्फोटक सामग्री सार्वजनिक गरी नष्ट समेत गरेको छ ।