पत्रकारहरु लाइसेन्स लिएर काम पुरा नगर्ने ठेकेदारहरु जस्तो हुदै – मन्त्री घिमिरे - Pahilo Online

पत्रकारहरु लाइसेन्स लिएर काम पुरा नगर्ने ठेकेदारहरु जस्तो हुदै – मन्त्री घिमिरे

writer

मोरङ । शनिबार प्रेस संगठन मोरङले विराटनगरमा आयोजना गरेको शुभकामना कार्यक्रमा एक नम्बर प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले आजकल पत्रकारहरु लाइसेन्स लिएर काम पुरा नगर्ने ठेकेदारहरु जस्तै हुन थालेको बताएका छन । कार्यक्रममा बोल्दै मन्त्री घिमिरेले आफुलाई पत्रकार भन्नेहरुको सख्या सयौँ पुगेपनि कर्तव्यनिष्ठ भएर काम गर्नेहरु एकदमै थोरै रहेको भन्दै उनीहरु लाइसेन्स ओगटेर काम नगर्ने ठेकेदार जस्तै हुन थालेको बताएका हुन् ।

मन्त्री घिमिरले सत्य तथ्य लेखेर खानेहरु भन्दा पनि पत्रकार भनेर मागेर खानेहरुको संख्या बढ्न थालेकोमा चिन्ता व्यक्त्त गरे । उनले पत्रकाहरुले अरुको चर्को आलोचना गरेपनि आफूभित्रको शुद्धीकरणमा चासो नदिएको गुनासो पनि गरे । पत्रकाहरुलाई उनले भने ‘कस्तो पेशा हो जस्ले अरुको मात्र आलोचना गरिरहन्छ तर आफूभित्रको केही पनि देख्दैन ।

मन्त्री घिमिरेले अब पत्रकारहरुले आफ्नो कार्यशैली परिवर्तन गरेर समाचार सम्प्रेषण गर्नुपर्ने समय आइसकेको बताउदै आचार संहिता पालना गर्न पनि आग्रह गरे । पञ्चायत, प्रजातन्त्रकाल सकिएर गणतन्त्र आउँदा पनि पत्रकाहरुको कार्यशैली एकै प्रकारको रहेको भन्दै मन्त्री घिमिरेले भने ‘अब सधैभरी नकारात्मक सोचले मात्र हुँदैन समाज परिवर्तनका लागि सकारात्मक कुरापनि लेख्न थाल्नुपर्छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes