हुतिहारा नबनी प्रदेशको नाम कोशी राख्न नेकपा नेता माधवकुमार नेपाललको सुझाव - Pahilo Online

हुतिहारा नबनी प्रदेशको नाम कोशी राख्न नेकपा नेता माधवकुमार नेपाललको सुझाव

writer

इटहरी । प्रदेशहरुले आफ्नो नाम तोक्न नसकेकोमा नेकपा नेता माधवकुमार नेपालले हुत्तिहाराको संज्ञा दिएका छन्। प्रदेश गठन भएको लामो समय बितिसक्दा समेत नाम राख्न नसकेकोमा असन्तुष्ट व्यक्त गर्दै छिटै नाम तोक्न आग्रह गरेका हुन्।

नेकपा इटहरी उपमहानगरले आयोजना गरेको कार्यक्रममा बोल्दै नेपालले तत्काल नाम तोक्नसम्म नसकेको भन्दै प्रदेश सरकारसँग रोष प्रकट गरे। ’कति दिनसम्म अङ्कले सम्बोधन गर्नु, कोशी नाम राखेर अघि बढ्नुहोस’ नेपालले भने, ’सामान्य नाम तोक्न पनि हुत्तिहारा नबन्नुहोस्।’ प्रदेश १ प्रदेशसभाको चौथो अधिवेशन गत असोज पहिलो साता देखि अन्त्य भएको थियो। सो अधिवेशनबाट पनि प्रदेशसभाको मुख्य कामको रूपमा रहेको प्रदेशको नामकरण हुन सकेको छैन।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes