धनकुटा । धनकुटा घर भएका एक बालक १३ वर्षमै पुरोहित बनेका छन् । महालक्ष्मी नगरपालिका ४ चानुवाका १३ वर्षीय बालक टुवराज कोइराला हरेक कर्मकाण्डमा पोख्त, परिपक्व पुरोहित बनेका छन् ।गाउँघरका सबै ठाउँहरुमा अग्रज तथा परिपक्क पण्डितले झैं कर्मकाण्ड गर्ने उनले चानुवास्थित सरस्वती माध्यमिक विद्यालयमा कक्षा ४ सम्म अध्यायन गरेका थिए ।
संखुवासभाको मादीमा रहेको पुण्य हरिकुलमा संस्कृत पढिरहेका उनले वेद, रुद्री, चण्डी, गिता पास गरिसकेर अहिले कर्मकाण्डको अध्यायन गरिरहेका छन् । घरमा हजुरबुबा र बुबाले गर्दै आएको पुरोहित कार्य देखेर प्रभावित भएका उनले भविष्यमा दक्ष प्रवचन गर्ने नामी पण्डित बन्ने धोको रहेको बताए ।