बृहत खाँदबारी खानेपानी तथा उपभोक्ता सरसफाइ कार्यालयका एक कर्मचारीसहित दुईजना पक्राउ - Pahilo Online

बृहत खाँदबारी खानेपानी तथा उपभोक्ता सरसफाइ कार्यालयका एक कर्मचारीसहित दुईजना पक्राउ

writer

संखुवासभा । संखुवासभाको बृहत खाँदबारी खानेपानी तथा उपभोक्ता सरसफाइ कार्यालयका एक कर्मचारीसहित दुईजना पक्राउ परेका छन्। मिटर रिडर विक्रम बराल र पूर्वकाउन्टर सहायक सुरेश ढकाल पक्राउ परेका हुन्। खानेपानी कार्यालयको १३ लाख ९५ हजार ४७ रुपैयाँ रकम घोटलाको आरोप लागेका पूर्वकाउन्टर सहायक सुरेश केही दिनअघि पक्राउ परेलगत्तै मिटर रिडर बरालसमेत पक्राउ परेको खानेपानी कार्यालयले जनाएको छ।

घोटला गरेको १३ लाख ९५ हजार ४७ रुपैयाँ रकम नबुझाएपछि सुरेशलाई खानेपानी उपभोक्ता समितिले जिल्ला प्रहरी कार्यालयमा गत भदौ ७ गते जाहेरी दिएको थियो। सुरेशलाई जेठ ७ गते अन्तिम म्याद तोके पनि महिनौँ बित्दासमेत घोटलाको रकम नबुझाएको भन्दै प्रहरीलाई जाहेरी दिएका थिए। जाहेरी दर्ता भएपछि उनीको लामो खोजीबाट प्रहरीले केही दिनअघि पक्राउ गरेको स्रोतको भनाइ छ। प्रहरीले सुरशेलाई आपराधिक विश्वासघातको मुद्दा दर्ता गरेको बताइएको छ।

सुरेशको बयानका आधारमा अर्का कर्मचारी मिटर रिडर विक्रमसमेत पक्राउ परेका हुन्। पक्राउ परेका दुवैको बारेमा छानबिन भइरहेको प्रहरी स्रोतको भनाइ छ। उनीहरू कहिले र कहाँबाट पक्राउ परेका भन्नेबारे प्रहरीले खुलाएको छैन। घोटलाको रकम बुझाइ सकेपछि सुरेशलाई प्रहरीले पक्राउ गरेको हो। उनीविरुद्ध रकम बुझाउनुभन्दा पहिलै उजुरी परेकाले प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जनाएको छ। लामो समयदेखि रकम बुझाउन अटेरी गर्दै आएका उनीविरुद्ध उजुरी परेपछि मात्रै रकम बैंकमार्फत बुझाएका थिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes