ईलाम । ईलामको माईजोगमाई गाउँपालिका ५ सोयाङ बस्ने प्रेम बहादुर राउतको १७ महिनाको छोरा मदिप राउतको गाईलाई पकाएको खोलेमा डुबेर मृत्यु भएको छ । बुधवार दिउँसो साँढे २ बजेको समयमा खेल्ने क्रममा गाईलाई पकाईरहेको खोलेमा अचानक डुबेर घाईते भएका नावालकको उपचारको क्रममा बिहिवार बिहान साँढे ५ बजे बिराटनगरको म्याक्स अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।