सुनसरीे । सुनसरीको बर्जु गाउँपालिका ६ बर्जुताल नजिक भएको मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । बिहिवार साँझ ७ बजेको समयमा पूर्वबाट पश्चित तर्फ जाँदै गरेको को ३० प ५६२७ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई बिजुलीको पोलमा ठोक्किदा घाईते भएका मोटरसाईकल चालक देवानगञ्ज गाउँपालिका ७ का २१ बर्षीय रबिन्द्र मेहेतालाई उपचारको लागि बिराटनगरको गोल्डेन अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय चिमडीले जनाएको छ । उक्त दुर्घटनामा मोटरसाईकलको पछाडी सवार रहेका सोही स्थानका १६ बर्षीय दिपेश यादव घाईते भई गोल्डेन अस्पताल बिराटनगरमा उपचार भईरहेको छ ।