पथरीशनिश्चरे । मोरङको पथरीमा जारी दोस्रो पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगितामा साबिक बिजेता लेटाङ फुटबल क्लब फाइनल प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा योसेक फुटबल क्लब उर्लाबारीलाई १–० गोल अन्तरले पराजित गर्दै लेटाङ पुन उपाधी नजिक पुगेको हो ।
खेल सुरु भएको ९ औ मिनेटमा लेटाङका खेलाडी भुवन राईले गरेको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ दि म्याच योसेक क्लब उर्लाबारीका खेलाडी प्रकाश भुजेल घोषित भए । भोलि (सोमबार)को सेमि फाइनल खेल पन्चायन फुटबल क्लब धरान सुनसरी र डाँगिहाट फुटबल क्लब मोरङवीच प्रतिस्पर्धा हुने आयोजक सुनाखरी युवा क्लबका खेल सचिव टाइवन राईले बताए ।
प्रतियोगीताको सेमिफाइनलमा मोरङको लेटाङ, उर्लाबारी, डागिहाट र सुनसरी पन्चायन फुटबल क्लब धरान प्रबेश गरेका थिए । प्रतियोगिताको प्रथम हुनेलाई ८१ हजार, १११ र दोस्रो हुनेलाई ५१ हजार, १११, ट्रफि,मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।