भोजपुरे । भोजपुरको षडानन्द नगरपालिका ३ का २२ बर्षीय प्रदिप बस्नेत हत्याको आरोपमा पक्राउ परेका छन् । बस्नेतले शनिवार राती सवा ७ बजेको समयमा स्थानीय २८ बर्षीय कल्पना राईलाई धारिलो हतियार तथा ढुङगाले प्रहार गरी हत्या गरेका हुन् । खार्ताम्छाको सोमवारे हाटबाट घर फर्कदै गरेका मृतक कल्पना राई र १८ बर्षिया नविना राईलाई बस्नेतले उपङखा भन्ने स्थानमा अन्धाधुन्द खुकुरी तथा ढुङगाले प्रहार गरेका थिए । बस्नेतको खुकुरी प्रहारबाट कल्पना राईको घटनास्थलमा नै मृत्यु भएको तथा नविना राई घाईते भएकी थिईन । घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी कुदाकाउलेबाट खटिएको प्रहरी टोलीले घाईतेलाई उद्धार गरी उपचारको लागि उप–स्वास्थ्य चौकी खार्ताम्छा पठाएको थियो ।
घटनास्थलमा ईलाका प्रहरी कार्यालय दिङलाबाट थप प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागि अस्पताल पठाउएको तथा घटना घटाई फरार रहेका प्रतिवादीको खोजतलास गर्ने क्रममा आज बिहान साँढे ५ बजे षडानन्द नगरपालिका ५ मा लुकिछिपी बसिरेको अवस्थामा बस्नेतलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।