सुनसरी । सुनसरीको दुहवि नगरपालिका २ दंगा नियन्त्रण प्रहरी गण दुहविको गेट अगाडी मोटरसाईकल दुर्घटना हुदा १ जना प्रहरी जवानको मृत्यु भएको छ भने १ जना प्रहरी जवान गम्भीर घाईते भएका छन् ।
शनिबार बिहान पौने ६ बजेको समयमा कार्यालयको कामको सिलसिलामा स ७ प ७२३८ नम्बरको मोटरसाईकलमा जिल्ला प्रहरी कार्यालय सुनसरी तर्फ जादै गर्दा मोटरसाईकल चालक उदयपुरको त्रियुगा नगरपालिका १३ घर भई दंगा नियन्त्रण प्रहरी गण दुहवी दरवन्दि भएर सोही कार्यालयमा कार्यरत २८ बर्षिय प्रहरी जवान सुजन रेग्मी र पछाडि सवार मोरङको गोविन्दपुर १ घर भई दंगा नियन्त्रण प्रहरी गण दुहवी दरवन्दि भएर सोही कार्यालयमा कार्यरत २८ बर्षिय प्रहरी जवान किरण कठेतलाई बिपरित दिशा तर्फ जादै गरेको को १ ख ५६७२ नम्बरको आदम डिलक्स बसले ठक्कर दिई दुर्घटना भएको थियो ।
दुर्घटनामा परेर गम्भीर घाईते भएका दुबैजनालाई उपचारको लागी नोबेल अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा बिहान साढे ६ बजेको समयमा मोटरसाईकल चालक प्रहरी जवान सुजन रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ठक्कर दिने बसलाई दंगा नियन्त्रण प्रहरी गण दुहविले नियन्त्रणमा लिएको छ भने बस चालक सुनसरीको भोक्राहा गाउँपालिका ३ बस्ने ३९ बर्षिय पंच नारायण मेहता जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।