पथरीशनिश्चर । मोरङको पथरीशनिश्चरे नगरमा पछिल्लो पटक १३ जना अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरिएको छ । प्रत्येक महिनाको १५ र ३० गते वितरण हुँदै आएको परिचयपत्रका क्रममा पछिल्लोपटक १० जनालाई परिचयपत्र वितरण भएको अपाङ्गता परिचयपत्र स्थानीय समन्वय समिति सदस्य सचिव गीता कट्टेलले जनाए।
जस अन्तर्गत पूर्ण अपाङ्गता भएकाको रातो कार्ड १ जनालाई, अशक्तको नीलो कार्ड ५ जनालाई, मध्यम असक्तको पहेंलो कार्ड ३ जनालाई र सामान्यको सेतो कार्ड १ जनाालाई वितरण भएको छ । त्यसअघि रातो, नीलो र पहेंलो १,१ गरी ३ जनालाई वितरण गरिएको थियो ।
उपप्रमुख यमुना विष्ट वास्तोलाको संयोकत्वको अपाङ्गता परिचयपत्र स्थानीय समन्वय समितिले गत साउन २७ गतेबाट थालिएको अभियानमा हालसम्म ४ पटक परिचयपत्र वितरण गरिसकेको छ ।