दमक फुटबल एकेडेमीलाई हराउदै डाँगीहाट फुटबल क्लव सेमिफाइनलमा - Pahilo Online

दमक फुटबल एकेडेमीलाई हराउदै डाँगीहाट फुटबल क्लव सेमिफाइनलमा

आइतबारको पहिलो सेमिफाइनलमा लेटाङ फुटबल क्लब र योसेक फुटबल क्लब उर्लाबारी मोरङवीच प्रतिस्पर्धा हुने

writer

पथरीशनिश्चरे । पथरीमा जारी दोस्रो पथरीशनिश्चरे नकआउट फुटबल प्रतियोगीतामा शनिबार भएको खेलमा दमक फुटबल एकेडेमीलाई हराउदै डाँगीहाट फुटबल क्लव सेमिफाइनलमा प्रवेश गरेको छ। खेल शुरु भएको पहिलो मिनेटमै लिएको अग्रता जोगाउन नसक्दा दमक प्रतियोगिताको पहिलो चरणबाटै बाहिरीएको छ। खेल सुरु भएको पहिलो मिनेटमै दमक फुटबल एकेडेमिका अनिल तिम्सिनाले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए पनि खेलको अन्तिम मिनेटमा डाँगिहाटका खेलाडी विक्रम तामाङले गोल गरेपछी निर्धारीत समयमा खेल १–१ गोलको बराबरीमा ल्याएका थिए।

जितको निर्णयका लागी भएको टाइब्रेकरमा ४–२ गोल अन्तरले दमक फुटबल एकेडेमी झापालाई पराजित गर्दै डाँगिहाट फुटबल क्लब मोरङ प्रतियोगिताको सेमि फाइनलमा प्रवेश गरेको हो । टाइव्रेकरमा डागिहाट मोरङको लागि शङ्कर राई, विक्रम लिम्बू, विक्रम धिमाल, सुरेन खवासले गोल गरेका थिए । दमकका लागि सुसन कार्की, किस्मत लिम्बुले गोल गरेपनी अनिश खड्काले प्रहार गरेको गोल पोष्ट बाहिरिनुको साथै राजन धिमालले हानेको गोल विपक्ष टिमका गोल रक्षक छिरिङ तामाङले रोकेका थिए ।

खेलको म्यान अफ दि म्याच डाँगिहाटका गोल रक्षक छिरिङ तामाङ घोषित भए । भोलि (आइतबार)को पहिलो सेमि फाइनल खेल लेटाङ फुटबल क्लब र योसेक फुटबल क्लब उर्लाबारी मोरङवीच प्रतिस्पर्धा हुने आयोजक सुनाखरी युवा क्लबका खेल सचिव टाइवन राईले बताए । सोमबार हुने अन्तिम सेमिफाइनलमा डाँगिहाट बेलबारी र पन्चायन सुनसरी आमनेसामने हुदैछन् । प्रतियोगिताको प्रथम हुने टोलीले ८१ हजार, १ सय ११ रुपैयाँ र दोस्रो हुनेले ५१ हजार, १ सय ११ रुपैयाँ नगदको साथै ट्रफि,मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes