मकैपछि धानखेतीमा पनि फौजी किरा लाग्नथालेपछि उदयपुका किसान चिन्तित - Pahilo Online

मकैपछि धानखेतीमा पनि फौजी किरा लाग्नथालेपछि उदयपुका किसान चिन्तित

writer

 

उदयपुर । सुरुमा मकै बालीमा देखिएको फौजी किराको संक्रमण धान बालीमा पनि देखिएपछि उदयपुरमा किसान चिन्तित बनेका छन्। पहाडी क्षेत्रमा मकै बालीमा देखा परेको फौजी किरा अहिले पाक्न लागेको धानमा बालीमा देखा परेपछि किसान चिन्तित बनेका हुन्। धानको फेदको केही माथिल्लो भागमा गोवार लागे जसरी किरा बसेर धानको बोट मार्न सक्ने किराले धानबाली नष्ट भएको त्रियुगा नगरपालिका ११ शिव दाहाल बताउँछन। ‘पाक्न लागेको धान बालीमा एका एक फौजी नामक किरा देखार्पयो,’ उनले भने, ‘धान राम्रारी नपाक्दै काटेर घर ल्याउन बाध्य बनायो।’ पहाडी क्षेत्रको मकैमा देखा परेको फौजी किरा एका एक जिल्लाको भित्री मधेसमा पर्ने धान खेतमा देखा परेको छ।

फौजी किरानको आक्रमणले पाकेको धानको बाला काटेर भुइँमा झरिदिँदा ठूलो नोक्सानी किसानले बेहोर्नु दुखेसो गर्दै आएका छन। फौजी किरा दिनभर धानको गाँजमा लुक्ने र राती एकसाथ फौजी शैलीमा धानबालीमा सक्रिय हुने गरेको उही किसान दाहालको भनाइ छ। फौजी शैलीमा किराले धानको बालामा आक्रमण गर्ने भएका कारण कृषि विज्ञान केन्द्रका निमित्त प्रमुख बासु ढुंगानाले बताए।

किराले खानेभन्दा बढी काट्ने हँुदा खेतैभरि धान खसेको देखिन्छ। ‘किसानहरुले पाकिसकेको धान जोगाउन किसानले कृषि ज्ञान केन्द्र र स्थानीय तहसँग हारगुहार गरिरहेका छन्।’ उनले भने, ‘अहिले जिल्लाभरी किसानको धान खेतीमा फौजी किराको आतंक बढेको छ।’ उनका अनुसार उदयपुरमा हालसम्म बेलका नगरपालिकामा २० हेक्टर, चौदण्डीगढी नगरपालिकामा १५ हेक्टर र त्रियुगा नगरपालिमा एकसय ६ हेक्टर धानबाली फौजी किराले क्षति र्पुयाएको छ। ‘कटारी नगरपालिकामा अन्य चार गाँउपालिकामा पनि क्षति र्पुयाएको किसानहरुले गुनासो गर्दै आएका छन,’ उनले भने, ‘त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकाको कृषि शाखाबाट आएको जानकारी अनुसार अहिलेसम्म उदयपुरमा एकसय ४१ हेक्टर धान बालीमा फौजी किराले क्षति र्पुयाएको छ।’

फौजी किरानको नियन्त्रणको लागि पाक्न लागेको धान काट्ने, पसाउँदै गरेको धान भए पानी लगाउने, धान खेतीमा बत्ति बाल्ने अनि बजारमा उपलब्ध भएका विषादीको प्रयोग गर्न किसानलाई आग्रह गरिएको कृषि ज्ञान केन्द्र उदयपुरले कार्यलयले जानकारी दिएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes