पुरुष विदेशिने क्रम बढेसँगै मोरङ र सुनसरीका उद्योगमा महिला मजदुरको भरमा सञ्चालन - Pahilo Online

पुरुष विदेशिने क्रम बढेसँगै मोरङ र सुनसरीका उद्योगमा महिला मजदुरको भरमा सञ्चालन

writer

मोरङ । पुरुष विदेशिने क्रम बढेसँगै मोरङ र सुनसरीका उद्योगमा महिला मजदुरको संख्या बढी भएको छ । दुई जिल्लाका साना ठुला झण्डै पाँचसय उद्योगमा ५० हजारभन्दा बढी मजदुर छन । आधाभन्दा बढी महिला छन् ।

पुरुष मजदुरको अभाव बढेसँगै यहाँका उद्योगले पनि महिला कामदारलाई आकर्षित गर्न घरवाट वसमा ल्याएर काम सकिएपछि बसमै घरसम्म र्पुयाउने देखि लिएर सेवा सुविधा र सुरक्षाको प्रबन्ध गरेका छन् । उद्योगले महिला मजदुरको रोजगारीको स्थायित्वका साथै व्यक्तिगत सुरक्षाको प्रबन्धमा समेत प्रबन्ध मिलाएको पाइएको छ । यस क्षेत्रका खास गरी बिस्कुट, चाउचाउ, साबुन ,चप्पल, मल्टिफाइवर्स र जुट लगायता उद्योगमा महिला मजदुरको भरथेग छ ।

विभिन्न ६ वटा जुट मिलमा कार्यरत मध्ये झण्डै ८० प्रतिशत मजदुर महिला छन । ‘सवै जुट उद्योग महिला मजदुरमै निर्भर छन भन्दा पनि हुन्छ’ जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छाले भने, ‘ महिलाले काम नगर्ने हो भने उद्योगै बन्द हुने स्थिती छ ।’

सबै जुट उद्योगले मजदुरलाई घरवाट ल्याउन र काम सकेपछि घर र्पुयाउन मजदुर बसको व्यवस्था गरेका छन । मजदुर बस सुविधाकै कारण महिला मजदुर राती बाह्र बजेपनि काममा आउने र घर जाने गर्छन । मोरङको कटहरी, मिल्स एरिया, हात्तिमुढा र सुनसरीको दुहवी र सोनापुरमा रहेका जुट उद्योगमा काम गर्न उद्योग देखि ४० किलोमिटर टाढावाट पनि महिला मजदुर आउने गरेका छन । चालु जुट उद्योगमा झण्डै १५ हजार मजदुर छन । गोल्छाका अनुसार तीमध्ये ८० प्रतिशत महिला छन ।

खनारको रिलायन्स स्पीनिङ उद्योगमा वाह्र सय भन्दाबढी महिला मजदुर छन । ‘महिला मजदुर नहुने हो भने उद्योगका अधिकाँश विभाग बन्द नै हुने स्थिती छ’ उद्योगका मजदुरको समय व्यवस्थापन गर्ने इन्चार्ज जीवन बुढाथोकीले भने‘ पाँचवर्ष पहिला उद्योगमा महिला मजदुरको सख्या न्यून थियो । अहिले महिला मजदुर मात्र १२ सयभन्दा बढी छन् ।’

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes