पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका क्षेत्रमा भएका ३ वटा योजनाको आज अनुगमन् गरिएको छ । विपद व्यवस्थापन अन्तर्गत वडा नम्वर १० को जिरिखिम्ती पुछारको मोरङ्गी खोलाको धार परिवर्तन गरी तालजाली लगाइएको योजनाको अनुगमन् भएको छ ।
त्यसैगरी, सोही वडामा सडक मर्मत अन्तर्गत ९७ हजारको लागतमा विभिन्न टोलमा तथा वडा नम्वर ६ मा पनि २ लाखको लागतमा खाल्डाखुल्डी पुरिएको योजनाको अनुगमन् भएको छ ।
नगर अनुगमन् समिति सदस्य एवम् प्रमुख प्रशासकीय अधिकृत अम्विकाप्रसाद धमलाको अगुवाईमा इन्जिनियर कृष्णप्रसाद कोइराला सहितका प्राविधिकले योजनाको अनुगमन् गर्नुभएको हो ।