मिक्लाजुङमा ट्रयाक्टरबाट लडेर १ जनाको मृत्यु - Pahilo Online

मिक्लाजुङमा ट्रयाक्टरबाट लडेर १ जनाको मृत्यु

writer

मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिका ६ भण्डारी चोकका २२ बर्षीय मिलन कार्कीको ट्याक्टरबाट लडेर मृत्यु भएको छ । आज(शुक्रबार) बिहान पौने ९ बजेको समयमा मधुमल्ला दमक भित्री सडक खण्डमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ त १३२९ नम्बरको ट्याक्टरमा सवार रहेका कार्की ट्याक्टरबाट लडी ट्याक्टरको पछाडीको चक्काले किच्दा घाईतेको भएका थिए । घाईतेलाई उपचारको लागि झापा दमकको लाईफ लाईन अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । मृतकको शव परिक्षणको लागि आम्दा अस्पताल पठाईएको छ भने ट्याक्टर र चालक ईलाका प्रहरी कार्यालय मधुमल्लाले नियन्त्रणमा लिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes