धनकुटा । धनकुटामा पहिलो पटक सञ्चालन गरिएको मिस धनकुटा २०१९ को उपाधि पाख्रीवासकी साबित्रा घिमिरेले जितेकी छन्। बुधबार राति धनकुटामा सम्पन्न फाईनलमा २७ जना प्रतिस्पर्धीलाई उछिन्दै पाख्रीवास नगरपालिका ३ की घिमिरेले पहिलो मिस धनकुटाको ताज पहिरिएकी हुन्। बिजयी भएसँगै घिमिरेले स्कुटर पाएकी छन भने १० लाखको जीवन वीमा, एयर होस्टेज तालिम, थाइल्याण्डको भ्रमण र म्यूजिक भिडियोमा अभिनय गर्ने अवसर पाउने आयोजक मोनाली इन्टरटेन्मेन्ट एण्ड इभेन्ट प्रालि काठमाडौंले जनाएको छ।
यस्तै प्रतियोगिताको फस्ट रनरअप सोनी कार्की र सेकेण्ड रनरअफ निरुता सुव्वा घोषित भएका छन। उनीहरूले क्रमश ४० हजार र २० हजार नगद पुरस्कार पाएका छन भने दुवैले ५ लाखको जीवन वीमा पाउने छन्। दुवै जनालाई एयर होस्टेज तालिम, थाइल्याण्डको भ्रमण र म्यूजिक भिडियोमा अभिनयको अवसर दिईने आयोजक मोनाली इन्टरटेन्मेन्ट एण्ड इभेन्ट प्रालि काठमाडौंका अध्यक्ष दीपक बराइली जानकारी दिए। यस्तै मिस धनकुटाका प्रतियोगि मध्ये विभिन्न १० विधामा उत्कृष्ट प्रतियोगिलाई पनि पुरस्कृत गरिएको थियो।