मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका ७ गोठगाउँबाट तास खेलिरहेका १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलवार साँझ ६ बजे स्थानीय गौतमराज पोखरेलको घरमा तास खेलिरहेको भन्ने सूचना पाएसंगै ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले घर धनी सहित सुन्दरहरैचा ७ बस्ने टेक बहादुर बि.क., भुपाल पौडेल, रेवत रायमाझी, कुल प्रसाद लुईटेल, हिरण्य प्रसाद कोईराला, हिरा भट्टराई, प्रदिप कुमार शाह, बिनोद चौधरी, उमेश बहादुर थापामगर, सुन्दरहरैचा ९ का सजाद मिया, सुन्दरहरैचा ११ काजयप्रसादघिमिरे, गोपालपौडेल, काजीरामबस्नेत र मधु कुमारघिमिरेलाई पक्राउ गरेको हो ।
तासको खालबाट प्रहरीले ९७ हजार ९ सय नगद समेत बरामद गरेको छ भने निजहरुलाई जुवा ऐन अन्तरगत कानूनी कारवाही प्रकृया अगाडि बढाईएको प्रहरी कार्यालयले जनाएको छ ।