उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ७ कालीखोलामा भएको मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । मंगलवार साँझ ६ बजे मुर्कुचीबाट गाईघाट तर्फ आउँदै गरेको मे ६ प ९५३९ नम्बरको मोटरसाईक आफै अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकल चालक त्रियुगा नगरपालिका ५ देउरी बस्ने २५ बर्षीय दिपेन्द्र राना मगर र पछाडी सवार रहेका २२ बर्षीय शुशिल थापा घाईते भई उपचारको लागि बिराटनगरको न्यूरो अस्पताल लगिएकोमा उपचारको क्रममा मोटरसाईकल चालकको राती पौने १० बजे मृत्यु भएको तथा अर्का घाईतेको सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।