श्रम विभागले उपसचिव सञ्जेललाई ठगीको मुद्दा नहेर्न आदेश - Pahilo Online

श्रम विभागले उपसचिव सञ्जेललाई ठगीको मुद्दा नहेर्न आदेश

writer

मोरङ । भ्रष्टाचार र ठगीका विरुद्धमा कडा कदम चाल्ने प्रशासकका रुपमा चिनिएका श्रम कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेललाई ठगीका मुद्दा हेर्न श्रम विभागले रोक लगाएको छ। आफ्नो कार्यकालको छोटो अवधिमै २ करोड १२ लाख बढी सर्वसाधरणको ठगीको रकम उठाएर वाहीवाही कमाएका सञ्जेललाई श्रम विभागले भने पत्र लेखेरै त्यसकालका मुद्दा नहेर्न भन्दै चेतावनीसमेत दिएको छ।

सञ्जेलले ठगलाई समाउने र रकम उठाइदिने आशाले श्रम कार्यालय आउने गरेका पीडित सर्वसाधरण भने अहिले निराश हुँदै फर्किने गरेका छन्। ‘सुनसरीको इटहरी प्रहरीले श्रम कार्यालयमा जानु भनेर पठाइदियो, प्रेम सञ्जेलले काम गर्छन् भन्ने आशाले आएको तर, अहिले श्रम कार्यालयले इनरुवा जिल्ला प्रशासन कार्यालय सुनसरी जानु भनेर पठाइदियो,’ मोरिसस लैजाने भन्दै ७ लाख ७० हजार रुपैयाँ ठगले खाइदिएपछि श्रम कार्यालय आएका ग्रामथान ५, मोरङका हेमनारायण चौधरीले भने, ‘सबैले प्रेम सञ्जेलले गर्छन् भन्थे तर, काम नगर्नु भनेको छ रे।’

]चौधरीलाई मोरिसस लाने भन्दै काठमाडौंमा ३ महिना र दिल्लीमा लगेर २ महिना राखियो तर भनेको ठाउँमा लगिएन। पछि चौधरीले आफू ठगिएको थाहा पाएर श्रम कार्यालय विराटनगरमा उजुरी दिन आए। उनको पनि कुनै सुनुवाई भएन र ठगीको मुद्दा जिल्ला प्रशासन कार्यालयले हेर्छ भनेर पठाइयो। उनलाई इटहरीका विवेक पोखरेलले ठगी गरेका हुन्।

चौधरीसहित ५ जनालाई पोखरेलले ठगी गरेको उनको दाबी छ। यस्तै मोरङ कानेपोखरी ५ का चानबहादुर राजवंशीको छोरा मनिष कुमार राजवंशीलाई काठमाडौं बसोबास गर्ने असिम गुरुङले क्यानडा लैजाने भन्दै १३ लाख रुपैयाँ ठगे। गत माघ महिनामै पैसा लिएर हिंडेका गुरुङले छोरालाई क्यानडा पठाउनु त कता हो कता अहिले आफैं सम्पर्क्विहीन छन्। गत भदौ १५ गते पीडित राजवंशी र कार्कीले श्रम कार्यालय विराटनगरमा ठगीएको उजुरी दिए तर अहिलेसम्म कुनै कारबाही नभएपछि निराश भएका छन्। ‘पैसा दिएको हो ठगी भएको हो भन्दा पनि उजुरी लिन मान्दैनन्, तर प्रेम सञ्जेलले गर्छन् भनेर निवेदन दिएको अब जिल्ला प्रशासन कार्यालय पठाइदिएको छ, काम हुने कमै विश्वास छ।

अहिले पनि श्रम कार्यालयमा दैनिक दर्जनौं मानिस ठगिएको भन्दै उजुरी दिन आउने गरेका छन्। तर, ठगविरुद्धमा आगो ओकल्ने सञ्जेललाई नै उजुरी नलिन श्रम विभागले पत्र पठाएपछि पीडितसामू उनी पनि नतमस्तक भएका छन्।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes