मोरङ । मोरङमा दसैंको घटस्थापनादेखि पूर्णिमाको दिनसम्ममा ११ जनाले आत्म हत्या गरेका छन् भने १५ जनाले बीष सेवन गरी आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ । चालु आर्थिक वर्षको भदौमा २५ र साउनमा २१ जनाले जिल्लाभरिमा आत्महत्या गरेका थिए ।
प्रहरी उपरीक्षक विश्व अधिकारीले पारिवारिक कलह, बिरक्तिएर र मदिरा सेवनको मात लागेको बेला विवाद हुने गरेको कारण आत्महत्या हुने गरेको बताए ।