पाँचथरमा सुँगुरको मासु खाएर विरामी भएका थप एक कैदीको मृत्यु - Pahilo Online

पाँचथरमा सुँगुरको मासु खाएर विरामी भएका थप एक कैदीको मृत्यु

writer

पाँचथर । सुँगुरको मासु खाएर शक्त विरामी भई उपचाररत जिल्ला कारागार पाँचथरका एक कैदीको गएराती मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको फालेलुङ गाउँपालिका वडा नम्बर ७ सिदिनका सुन्दर राई रहेका छन् । उनको बिएण्डसी हष्पिटलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक सिद्धराज न्यौपानेले जानकारी दिए ।

राई सँगै सुगुँरको मासु खाएर मृत्यु हुनेको संख्या ३ पुगेको छ । गत असोज १९ दशैँको समयमा सुगरको पित्त र कलेजो पकाएर खाएका दुई जनाको यसअघि नै मृत्यु भइसकेको छ ।

फालेलुङ गाउँपालिका–८, याङनामका २५ वर्षिय बुद्धि केरुङको गत असोज २० गते दिउसो उपचारको क्रममा मृत्यु भएको र फिदिम नगरपालिका–१०, याङनामका ३४ वर्षका जयप्रकाश जवेगुको उपचारका लागि झापातर्फ ल्याउदै गर्दा बाटोमै २० गते राति ज्यान गएको थियो । मासु खाएर विरामी भएका ४ जना मध्ये अहिले एक जनाको मेची अंचल अस्पतालमा उपचार भइरहेको छ । जिल्लाको कुम्मायक गाउँपालिकाका ३ का दिनेश खजुमको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला कारागार पाँचथरका सूचना अधिकारी विमल ढुंगानाका अनुसार दशैं मनाउन कारागार भित्र तीन वटा सुगुँर काटेको त्यसको पित्त र कलेजो चार जनाले पकाएर खाएपछि विरामी परेको हुन् । मासुमात्र खाने अरु विरामी नपरेको उनको भनाई छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes