लागुऔषध खैरो हेरोईन र हतियार सहित धरानबाट १ जना पक्राउ - Pahilo Online

लागुऔषध खैरो हेरोईन र हतियार सहित धरानबाट १ जना पक्राउ

writer

सुनसरीे । सुनसरीको धरान उपमहानगरपालिका ९ आचार्य लाईनबाट ठुलो परिणामको लागुऔषध र हतियार सहित १ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका(३ घर भई आचार्य लाईन धरानमा डेरा गरी बस्ने २३ बर्षीय निरज कुमार राउतलाई लागुऔषध र हतियार सहित डेराबाट नै पक्राउ गरेको हो ।

राउतको डेराबाट प्रहरीले ठुलो चाईनिज पेस्तोल १ थान, म्यागजिन १ थान र १३ राउण्ड गोली बरामद गरेको छ । यसैगरी DIALEX-DC 100 ml को २२५ बोतल, खैरोहोरोइन ७ ग्राम, Nitrosun ६४० ट्याब्लेट, स्पास्मोप्रोक्सिवन प्लस १२ हजार ९ सय ४४ क्याप्सुल,नगद ११,३३०। , तौलगर्ने डिजिटलमेसिन १ थान, मोवायल १ थान लगाएत अन्य कागजात समेत बरामद गरेको छ । लागुऔषध र हतियार सहित पक्राउ परेका राउतको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes