नगरको पहिलो धिमाल जातिको पहिचान झल्काउने नगरको सीमा क्षेत्रमा स्वागत बोर्ड - Pahilo Online

नगरको पहिलो धिमाल जातिको पहिचान झल्काउने नगरको सीमा क्षेत्रमा स्वागत बोर्ड

writer

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरको पहिलो जातिको रुपमा घोषित धिमाल जातिले आफ्नो पहिचान झल्काउन नगरको सीमा क्षेत्रमा स्वागत बोर्ड राखेको छ । पहिलो नागरिक धिमाल जाति समन्वय समितिका संयोजक भूवन धिमाल, नगर कार्यपालिका सदस्य तिलबहादुर धिमाल, वडा सदस्य खरिन्द्र धिमाल, वडा सदस्य रोमान्सी धिमाल, धिमाल जातीय विकास केन्द्रका साजन धिमाल, पदम धिमाल सहितको सहभागितामा पहिचान उल्लेख भएको बोर्ड आज राखिएको छ ।

नगरपालिकाको सहयोगमा पूर्वपश्चिम मुख्य सडकको नगरको पूर्वको सिमाना सुनझोडा खोला र पश्चिमको सिमाना मोरङ्गी खोला पुल छेउ जिरिखिम्तीमा जातीय पहिरनका महिला पुरुष रहेको फोटो सहित स्वागत बोर्ड राखिएको हो । पथरीशनिश्चरेका साथै बेलबारी झापाको दमक सहितले धिमाललाई पहिलो जातिका रुपमा घोषणा गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes