कार्तिक ८ गते बिराटनगरमा म्युजिक फेस्टिबल आयोजना हुदै - Pahilo Online

कार्तिक ८ गते बिराटनगरमा म्युजिक फेस्टिबल आयोजना हुदै

writer

बिराटनगर । बिराटनगरमा सांगीतिक कन्सर्ट हुने भएको छ । बिराटनगर म्युजिक फेस्टिबलको पाँचौ संस्करण आयोजना हुने भएको हो । बिराटनगरको जैन भवनमा कार्तिक ८ गते शुक्रबारको दिन हुने भएको छ ।

लाईभ इन्टरटेन्मेन्टको आयोजनामा हुने कार्यक्रममा गायक सबिन राई एण्ड फ्यारो ब्याण्ड , भ्वाईस अफ नेपाल सिजन वानमा दोश्रो भएका बिराटनगरका शृजय थपलिया र ब्यान्ड तथा नेपाल आईडल सिजन टु कि टप इलाभेन हिना मल्ल र बदमाश ब्यान्ड लगायतको प्रस्तुती रहनेछ ।

त्यस्तै कार्यक्रममा बिराटनगर कै ग्रिन लिफ ब्यान्डको साथमा विराटनगरका संगितकर्मीहरुको समेत प्रस्तुति रहने छ । कार्यक्रममा फुड ट्रक साथै अन्य बिभिन्न आकर्षण रहेको कार्यक्रम संयोजक सन्तोष महत (स्यान्ट्रो) जानकारी दिए । साथै कार्यक्रम हेर्नको लागी एक सय टिकटको लाग्ने जनाईएको छ । कार्यक्रमको होष्ट पुजन थापाले गर्ने भएकी छिन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes